बुटवल, पुस ११।
माया र संयोगान्त कथामा आधारित गीतमा रचना गर्दै आएकी बुटवलकी निशा अर्यालको पछिल्लो गीत ‘यस्तो माया दिन सकु तिमीलाई’ गीत अहिले बजारमा चर्चामा आएको छ ।
झण्डै एक दर्जन गीतमा कमल चलाएकी गीत रचना गरेकी निशाले रचना गरेको पछिल्लो ‘यस्तो माया दिन सकु तिमीलाई गीतले युटुवमा समेत राम्रो स्थान पाएको छ । रानी शाक्य र अलिफ खानले स्वर दिएको उक्त गीतको संगीत संयोजन दिपक शर्मा, एरेन्ज रिदम कडेलले गरेका छन् ।
उक्त गीतको म्युजिक भिडियोमा नम्रता सापकोटा र कमल सिंहले अभियन गरेका छन् । माया र प्रेमलाई समायोजन गरेर लेखिएको गीत युगलका लागि धेरै राम्रो बनेको रचनाकार निशा अर्यालले बताईन् । उक्त म्युजिक भिडियोको निर्देशन भने आर्यन कार्कीले गरेको रचनाकार अर्यालले बताईन् ।
पहिले जस्तो गीति एल्वमहरु विक्रि वितरण र त्यसबाट मनग्य आम्दानी गर्न नसकेतापनि युटुवमा गीतलाई डिसप्लेगरेर श्रोता दर्शक दुबैलाई गीतप्रतिको क्रेजलाई तृप्त पार्ने काम गरेको रचनाकार अर्यालले सुनाईन् । उनले यसअघि तिम्रै निम्ती हो, नयाँ जीवन, तिमीसँगै हुँदा, चाहन्छु तिम्रै हुन पाउ, कसरी भनु तिमिलाई र तिमिसँगै हुँदा लगायतका गीतहरु रचना गरि सकेकी छन् ।
त्यसो त तिम्रै निम्ती हो मा रमेश राज भट्टराई र रचना रिमालले स्वर दिएका छन् भने संगित पनि रमेश राजकै रहेको छ । यस्तै निशा अर्यालले रचना गरेको नयाँ जीवन बोलको गीतमा रामकृष्ण ढकाल र वेनिशा पौडेलले स्वर दिएका छन् भने संगित दिपक शर्माले भरेका छन् ।
यस म्युजिक भिडियोमा प्रकाश सपुत, मोनिका बुढाथोकी लगायतले अभिनय गरेका छन् । गीतसंगितमै कलम चलाएकी निशाले माया, प्रेम र समसामयिक बिषयका भावनाका गीतसंगितमै कलम चलाउदै जाने चाहना रहेको सुनाईन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)