बुटवल,पुस १० ।
लायन्स क्लब अफ बुटवल संसारको आयोजनामा बुटवल १७ को मोतिपुरमा बृहत स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
शिबिरमा करिब साढे ३ लाखको निशुल्क औषधि बितरण गरिएको छ बिशेषज्ञ डाक्टरहरुको सहभागितामा भएको शिबिरबाट ३ सय जनाले स्वास्थ्य लाभ लिएको क्लवका अध्यक्ष बिकाश श्रेष्ठले जानकारी दिनुभयो ।
सो अबसरमा बोल्दै कार्यक्रममा प्रमुख आतिथी सेकेण्ड भाइस गर्भनर पिएमजेएफ नवराज न्यौपानेले हामी सेवा गर्छाै भन्ने महान उद्धेश्यलाइ लायन्स क्लब अफ बुटवल संसारले पुष्टि गरेको भन्दै रचनात्मक कामको प्रशंसा गर्नुभयो ।
उहाले समाजसेवा नै सबैभन्दा उत्तम कार्य भएको बताउनुभयो ।
शिबिरमा लुम्बिनी प्रदेशिक अस्पतालका विशेषज्ञ डाक्टरहरु फिजिसियन डा. नरेन्द्र यादव, नवजात तथा बालरोग डा. सन्दिप शाक्य सथै न्युरोसाइकेट्रीक डा. बिनोद पौडेल, मेडिकल आफिसर डा. एन. के अर्याल र डेन्टिष्ट डा. द्वारा करिब ३०० जनाले स्वास्थ्य परामर्श लिए भने ४० जनाले निशुल्क इसिजी र २०० जनाले निशुल्क सुगर र किड्नी परिक्षण गराएको कार्यक्रम संयोजक सुभेन्द्र प्रसाद यादवले बताउनुभयो ।
कार्यक्रममा डिस्ट्रिक चिफ एमजेएफ उमंग देबकोटा,मोतिपुर माबिका प्रअ लक्ष्मण मरासीनी,जोन चियर पर्सन बिनेश बज्राचार्य, चार्टर प्रेसिडेन्ट प्रकाश भट्टराई, मोतिपुर माबिका अध्यक्ष चन्द्र थापा , बिवान फार्मेसीका प्रमुख दीपक ढकाल,नरेन्द्र यादव लगायतले बोलेका थिए ।
कार्यक्रमको संचालन सचिब गोबिन्द पाण्डेले गर्नुभएको थियो । बृहत स्वास्थ्य शिबिरलाई विवान फार्मेसी, युनिभर्सल डेन्टल क्लिनिक र सापकोटा फार्मेसीको सहयोग रहेको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)