Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

इन्टलेक्चयुअल स्कूलमा मरासिनीको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति चयन

इन्टलेक्चयुअल स्कूलमा मरासिनीको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति चयन

  • 2.6K
    SHARES

  • इन्टलेक्चयुअल स्कूलमा मरासिनीको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति चयन

    बुटवल,पुस १० ।

    इन्टलेक्च्युअल एकेडेमी ( स्कूल )बुटवल ११ कालिकानगरको ११ औं साधारणसभा तथा ५ औं अधिवेशन एक समारोह बीच शनिबार सम्पन्न भएको छ ।

    साधारणसभाको अवसरमा संस्थाका सञ्चालकहरुले कोभिड माहमारीसँगै सेवामुलक व्यवसायिक संस्थाहरुलाई चुनौती थपिएको बताउँदै सोको सामना गर्न नया भिजन र मिसनसहित अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

    सो अवसरमा संस्थाका सञ्चालक रामराज पोख्रेलले आर्थिक वर्ष ०७७/०७८को आय व्यय तथा भावी रणनीतिहरु प्रस्तुत गर्नु भएको थियो भने संस्थाका संस्थापक अध्यक्ष एव सञ्चालक डा.कृष्ण खरेल ,सञ्चालक गोविन्द प्रसाद मरासिनी, नारायण भण्डारी, लक्षण कुँवर , खुमा घिमिरे, लेखा संयोजक पारसमणि भण्डारी, शेयरसदस्यहरु प्रकाशचन्द्र पाण्डे,मदनलाल बसेल ,धर्म एस के खेमनारायण अर्याल , जिवाखर अर्याल , लक्ष्मी पन्थी,माया पौडेल,अर्जुन पराजुली ,यादव पौडेल लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो ।

    संस्थाका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षतामा सम्पन्न साधारणसभा पश्चातको अधिबेशनबाट संस्थाका संचालक गोबिन्द प्रसाद मरासिनीको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति चयन गरेको छ ।जसको सञ्चालकहरुमा डा कृष्ण खरेल , डिल्लीराज अर्याल, रामराज पोख्रेल, नारायण प्रसाद भण्डारी, लक्षण कुँवर, र खुमा घिमिरे तथा लेखा समितिको संयोजकमा पारसमणि भण्डारीलाई चयन गरिएको छ ।

    अधिवेशन पश्चात निवर्तमान अध्यक्ष डिल्लीराज अर्यालले निर्वाचित अध्यक्ष गोबिन्द प्रसाद मरासिनीलाई पद हस्तान्तरण गर्नुभएको थियो ।सो अबसरमा निर्वाचित अध्यक्ष मरासिनीले स्कूललाई उत्कृष्ट बनाउनका लागि आफूले सबैको साथ र सहयोग लिएर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology