Logo बिहिवार, आश्विन १ गते २०८३
images

सभापति देउवाले तोके कांग्रेस नेताहरुको वरियता,डा.शेखर २०औं नम्बरमा

सभापति देउवाले तोके कांग्रेस नेताहरुको वरियता,डा.शेखर २०औं नम्बरमा

  • 2.4K
    SHARES

  • सभापति देउवाले तोके कांग्रेस नेताहरुको वरियता,डा.शेखर २०औं नम्बरमा

    बुटवल,पुस १० ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नयाँ कार्यसमितिमा नेताहरुको वरियताक्रम तोकेका छन् । देउवाले आफूसँग सभापतिमा पराजित भएका डा.शेखर कोइरालालाई भने २०औं वरियतामा राखेका छन् ।

    वरियता तोक्ने क्रममा देउवाले आफूपछि रामचन्द्र पौडेललाई दोस्रो वरियतामा राखेका छन् । त्यस्तै, नेता कृष्णप्रसाद सिटौलालाई उनले तेस्रो स्थानमा राखेका छन् । १४औं महाधिवेशनमा पौडेल मतदानको प्रक्रियाबाट अलग भएका थिए । उनीहरुलाई देउवाले मनोनित गर्नेछन् ।

    देउवाले आफूलाई पहिलो, दोस्रोमा पौडेल र तेस्रो सिटौलालाई वरियता तोकेको तर आफूसँग सभापतिमा पराजित नेता शेखरलाई भने २०औं वरियतामा राखेकोमा नेताहरुले नै असन्तुष्टि जनाएका छन् ।

    कांग्रेसमा सभापतिसहित १३ जना पदाधिकारी रहन्छन्। त्यसपछि अन्य दुई नेतापछि मात्रै २० नम्बरमा कोइरालालाई राखिएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology