बुटवल,पुस १० ।
गृहमन्त्री बालकृष्ण खाणले संघीय इकाइ प्रहरी कार्यालय भैरहवाको निवासमै मृत फेला परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादवका परिवारसँग भेटघाट गर्नुभएको छ ।
शुक्रबार साझ घटनास्थलमा पुगेर गृहमन्त्री खाणले एसएसपी यादवका परिवारसँग भेट गरि घटनाबारे जानकारी लिनुभएको हो ।
एसएसपी यादवको शव बिहान ११ बजेतिर झुण्डिएको अवस्थामा निवासमै भेटिएको थियो ।
गृहमन्त्री खाणले उहाँको मृत्युको कारण खोज्न प्रहरीलाई निर्देशनसमेत दिनुभएको छ । प्रहरी प्रवक्ता बसन्त कुवरले घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)