Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

सक्षम परियोजनाको समीक्षा : तिन जिल्लामा ६ करोड ७३ हजार लगानी

सक्षम परियोजनाको समीक्षा : तिन जिल्लामा ६ करोड ७३ हजार लगानी

  • 2.4K
    SHARES

  • सक्षम परियोजनाको समीक्षा : तिन जिल्लामा ६ करोड ७३ हजार लगानी

    बुटवल,पुस ९ ।

    विकलाङ्ग मित्र समुह, अपाङ्गअस्पताल तथा पुर्नस्थापना केन्द्र(एचआरडीसी)  द्धारा सञ्चालित सक्षम परियोजनाको समिक्षा तथा सामाजिक लेखाजोखा  कार्यक्रम बुटवलमा भएको छ ।

    रुपन्देही, गुल्मी र अर्घाखाँची जिल्लामा अपाङ्गता भएका वालवालिकाहरुको आवश्यक उपचार तथा पुर्नस्थापनाको लागि काम गर्दै आएको परियोजनाको समिक्षा गरिएको हो । 
    कार्यक्रममा बोल्दै  जिल्ला संमन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले अपाङ्गताको सवाल सबैको साझा सवाल भएको भन्दै  परियोजना निरन्तताको लागि आफुले पहल गर्ने बताए । उनले विभिन्न पालिकाहरुको  संमन्वय र सहयोगमा परियोजनाबाट हुदै आएको कार्यहरुलाई निरन्तरताको लागि सबैले ऐक्यवद्धता जाहेर गर्नुपर्ने र यसको लागि आफुले सक्दो पहल गर्ने बताए ।

    कार्यक्रममा सिद्धार्थनरनरपालिकाका उप प्रमुख उमादेवी काफ्लेले आफुे परियोजना निरन्तरता नभएपनि सो कामको निरन्रताको लागि अन्य संस्थाहरुलाई समेत सहयोग गर्ने  प्रतिवद्धता जनाईन । यस्तै सैनामैना नगरपालिकाका उप प्रुमख विना रानाले  अपाङ्गता भएका वालवालिकाहरुको उपचार, फिजियोथेरापी, उपचार पश्चात पुर्नस्थापनाको क्षेत्रमा नरपालिकाले साझेदारी बन्न तयार भएको बताईन ।

    कार्यक्रममा कोटईमाई गाउँपालिका उपाध्यक्ष भानुमती बाँनीया, गैडहवा गाउँपालिका उपाध्यक्ष  शुभावाती मल्ल, मायादेवीका उपाध्यक्ष प्रमलिा यादव, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश सचिव हुमनाथ अधिकारी, अपाङ्गता महिला संघ रुपन्देही अध्यक्ष कल्पना ढकाल, महासंघ लुम्बिनी प्रदेश सदस्य सावित्रा घिमिरे, फाउन्ड परियोजना बुटवल कलष्टर प्रमुख राधा भट्राई लगायतले शुभकामना दिएका थिए ।

    कार्यक्रममा परियोजना २०२६ देखि २०२१ सम्मको अवधीभरमा सञ्चालनभएका विभिन्न कार्यक्रमहरुको विषयमा हिरा बहादुर केसीले प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै  रुपन्देहीमा भएको क्रियाकलापको विषयमा एचआरडीसीका सुपरभाईजर लेखनाथ आचार्यले प्रकाश पारेका थिए ।

    सिबिएमको सहयोगमा सञ्चालन भएको परियोजनाले तिन जिल्लामा कुल ६ करोड ७३ हजार रुपैयाँको लगानी गरेको छ । सोही अवधीमा शारिरिक गमनशिलता तर्फ कुल ३ सय ४५ जनाले सेवा लिएका छन् भने शिक्षामा पहुँच निरन्तताका तर्फ कुल ६ हजार १ सय २५ जनाले सेवा लिएका छन् । 

    परियोजनाले सामेशीकरण तर्फ समेत काम गरेको थियो । यस्तै कोरोना प्रभावित अपाङ्गता भएका वालवालिका र तिनका अभिभावकहरु गरी कुल १ सय ७३ जनालाई खाद्यान्न, राहत प्रदान गरेको थियो । यस्तै ३ वटा जिल्लामा ३ वटा अपाङ्गता मैत्री नमुना शौचालय समेत निर्माण गरिएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology