Logo बिहिवार, आश्विन १ गते २०८३
images

माओवादी केन्द्र र मसाल (सम्पर्क केन्द्र)बीच एकता घोषणा

माओवादी केन्द्र र मसाल (सम्पर्क केन्द्र)बीच एकता घोषणा

  • 2.5K
    SHARES

  • माओवादी केन्द्र र मसाल (सम्पर्क केन्द्र)बीच एकता घोषणा

    बुटवल,पुस ९ । 

    नेकपा माओवादी केन्द्र र नेकपा मसाल(सम्पर्क केन्द्र) बीच एकता भएको छ । त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रमकाबीच माओवादी केन्द्र र मसाल सम्पर्क केन्द्रबीच एकता घोषणा गरिएको हो ।

    नेपालको राजनीतिक परिर्वतमा प्रचण्ड नेतृत्वको माओवादीको भएको स्वीकार गर्दै मसालको विद्रोही समूह समाहित भएको हो । सम्झौतमा चाँडै तल्लोतहसम्म एकीकरणका काम टुंग्याउने बताइएको छ ।

    मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुलाई हेर्ने दृष्टिकोण तथा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारबारे विवाद भएपछि मसालमा विद्रोह भएर नेकपा मसाल ९सम्पर्क केन्द्र० गठन भएको थियो।

    मसालका महामन्त्री सिंहले पार्टीबाट विद्रोह गरेर जानेहरुलाई ‘पुरोहितका गाईहरू’को संज्ञा दिँदै बिहीबार पार्टीमा फर्कन आग्रह गरेका थिए।

    विद्रोही समूहले ३९ जिल्लामा नेकपा मसाल सम्पर्क केन्द्रको स्थापना गरेको बताइएको छ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मसाल केन्द्रीय सम्पर्क समितिका संयोजक लोकेन्द्र लम्सालले जारी गरेको एकता घोषणा पत्रः-mawo-690x1024.jpg

    mawo1-1024x858.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology