Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

एसएसपी सुशील यादव भैरहवाको सरकारी क्वाटरमा मृत भेटिए !

एसएसपी सुशील यादव भैरहवाको सरकारी क्वाटरमा मृत भेटिए !

  • 2.6K
    SHARES

  • एसएसपी सुशील यादव भैरहवाको सरकारी क्वाटरमा मृत भेटिए !

    बुटवल,पुस ९

    नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। 

    संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव शुक्रबार क्वाटरमामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

    प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरेको जनाएको छ। एसएसपी यादव एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाका ब्याचमेट हुन्। 

    नवलपरासी रामग्राम २ निवासी यादव पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानका भाञ्‍जा हुन्।

    सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल यादवकी सानिमा हुन्। २०४९ सालमा सेवा प्रवेश गरेका उनी ५५ वर्षे उमेर हदका कारण आगामी २०७९ साल माघ १५ गते अवकाश हुने तयारीमा थिए।

    बढुवा राेकिनु मात्रै ‘आत्महत्या’ को कारण हाेला र ?

    आमनागरिकको सुरक्षा गर्ने उच्चतहको प्रहरी अधिकृतले ‘आत्महत्या’ गर्नुको कारणबारे कुनै तथ्य फेला परेको छैन। तर, यादवले बेलाबेलामा बढुवा नभएको भन्दै चिन्ता प्रकट गर्दै आएका थिए।

    उनी निकटहरुका अनुसार पछिल्लो बढुवाको सूचीमा छुटाइएपछि निराश थिए। प्रहरी प्रधान कार्यालयको एक वर्षअघिको बढुवा सूचीबाट उनको नाम छुटाइएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology