बुटवल,पुस ८ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्र प्रमुखको रुपमा संबैधानिक राजसंस्था र जनताले प्रत्यक्ष चुनेको कार्यकारी प्रधानमन्त्री देशमा हुनुपर्ने बताउनु भएको छ ।
बिहीबार दाङको तुलसीपुरमा राप्रपा दाङले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपा अब त्यसलाई कार्यक्रम बनाएर आगडि बढ्ने बताउनु भएको हो ।
समानुपातिक प्रनालीले बिकृतिहरु जन्माएको भन्दै उहाँले नेताले गोजीबाट सांसद बनाउने र खरिद बिक्रि गर्ने खेलको अन्त्य हुनुपर्ने बताउनु भएको हो ।त्यस्तै उहाँले पहिला दलहरुले सम्पूर्ण कुराको बाधक राजसंस्थालाई मान्ने गरेतापनि १४ बर्षको अबधिमा राजसंस्था महंगो कि राष्ट्रपति महंगो भन्ने प्रश्न खडा भएको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका उपाध्यक्ष धुर्बबहादुर प्रधान, महामन्त्री धवल सम्शेर जवरा लगाएतले नेपाली काँग्रेस, कम्युनिष्ट जस्ता दलहरुले लोकतन्त्र र गणतन्त्रको नाममा देशलाई बन्धक बनाएको आरोप लगाएका थिए ।उनीहरुले अबको आवश्यकता संबैधानिक राजसंस्था र हिन्दु राष्ट्र नै भएको जिकिर गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)