Logo बिहिवार, आश्विन १ गते २०८३
images

सेवामा समर्पित हुने जनशक्ति उत्पादन गरौं : मुख्यमन्त्री कुलप्रसाद केसी

सेवामा समर्पित हुने जनशक्ति उत्पादन गरौं : मुख्यमन्त्री कुलप्रसाद केसी

  • 3.3K
    SHARES

  • सेवामा समर्पित हुने जनशक्ति उत्पादन गरौं : मुख्यमन्त्री कुलप्रसाद केसी

    बुटवल,पुस ७।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नै गाउँ-ठाउँको सेवामा समर्पित हुने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    नेपाल अरवको सागरमा जाने मजदुरहरु जन्माउने मुलुकको रूपमा चिनिएको भन्दै मुख्यमन्त्री केसीले कालिका मानवज्ञान जस्ता विद्यालयले आफ्नै गाउँ ठाउँको सेवामा समर्पित हुने खालको जनशक्तिहरु उत्पादन गर्नु पर्नेमा जोड दिनुभयो । बुधबार कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६१ औँ बार्षिकोत्सवको अवसरमा आयोजित मुल कार्यक्रमलाई सम्बोधन गर्दैन मुख्यमन्त्री केसीले नेपाल अरवको सागरमा जाने मजदुरहरु जन्माउने मुलुक नभएको बताउनुभयो ।

    मुख्यमन्त्री केसीले कालिका मानवज्ञानबाट अन्य विद्यायलले पनि धेरै कुरा सिक्न सक्ने बताउँदै विद्यालयको शिक्षा र भौतिक विकासका लागि राज्यले आवश्यक सहयोग गर्ने बताउनु भयो ।

    बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुवेदिले बुटवललाई गुणस्तरीय शिक्षाको हब बनाउन उपमहानगरपालिकाले बुटवलमा एक विद्यालय ,एकै पाठ्यक्रम ,एकै पोशाक र सुविधाको अवधारणा अघि सारेको बताउनु भयो ।

    विद्यालयका स्थापित विभिन्न अक्षयकोषबाट ३०० विद्यार्थीलाई छात्रवृत्ति तथा भुपु शिक्षक र दीर्घसेवि शिक्षकलाई सम्मान गरिएको छ । 

    पाठकलाई ‘महाउज्जवल कालिका दीप पदक–२०७८’ द्वारा बिभूषित :

    कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र विद्यालय व्यवस्थापन समितीका अध्यक्ष होमबहादुर गलामीले दोसल्ला ओढाएर पूर्व प्राचार्य घनश्याम पाठकलाई ‘महाउज्जवल कालिका दीप पदक–२०७८’ द्वारा बिभूषित गर्नुभएको हो ।
    २०५५ साल पुस १ गते साविकको कालिका माध्यमिक विद्यालयको अध्यापन पेशामा प्रवेश गरेका पाठक २०६५ साल साउन ५ गते विद्यालयको प्रध्यानध्यापकमा नियुक्त भएका थिए ।

     तीनजना पत्रकार सम्मानित :

    वार्षिकोत्सवको अवसरमा  तीनजना पत्रकार सम्मानित भएका छन् ।  सम्मानित हुनेमा टि आर शर्मा,चन्द्रकान्त खनाल र कल्पना तिवारी रहेका छन् । उनीहरुलाइ नगदसहित सम्मान गरिएको हो । 
     कालिका मानव ज्ञान माविले हरेक वर्ष शिक्षा क्षेत्रमा कलम चालउन पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology