Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

पुस १५ बाट बुटवलमा १२-१८ बर्ष उमेर समुहका सबै बालबालिकालाई मोर्डना खाेप लगाईने

पुस १५ बाट बुटवलमा १२-१८ बर्ष उमेर समुहका सबै बालबालिकालाई मोर्डना खाेप लगाईने

  • 4.8K
    SHARES

  • पुस १५ बाट बुटवलमा १२-१८ बर्ष उमेर समुहका सबै बालबालिकालाई मोर्डना खाेप लगाईने

    बुटवल, पुस ७।

    बुटवलमा १२-१७ बर्ष उमेर समुहका सबै बालबालिकालाई मोर्डना खाेप लगाउने तयारी गरिएको छ ।उपमहानगरपालिकाले आज पत्रकार सम्मेलन गरेर साे बारेमा जानकारी दिएको हाे ।उपमहानगरले प्रत्येक विद्यालयमा खोप केन्द्र स्थापना गरी बालबालिकाहरुलाई कोरोना विरुद्धको  मोर्डना खाेप लगाउने तयारी गरेको जनाएको हाे  ।

    कम्तिमा सय जना विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र स्थापना गरिने छ भने सोभन्दा कम संख्या भएका विद्यालयहरुका लागि दुई वा सोभन्दा बढी विद्यालयलाई जोडेर खोप केन्द्र स्थापना गरिने छ । खाेप १५ गतेबाट लगाउन शुरु गरिने जनाइएको छ ।

    बुटवल उपमहानगरका १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइ सकिएको छ अब छिट्टै बालबालिकाहरुका लागि पनि खोप सञ्चालन गरिने प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

    बुटवलमा खोप लगाउन छुटेका नागरिकहरुले समेत कार्यालयमा जानकारी गराएको अवस्थामा तत्काल नै खोपको व्यवस्था गरिने उनले उल्लेख गरे । हालसम्म बुटवल स्थायी ठेगाना भएका नागरिकहरुले खोप लगाइसकेका छन् भने अन्यत्रबाट आएका नागरिकहरु कोही छुटेको भएमा पनि खोप उपलब्ध गराइने जानकारी दिए ।

    इलाका प्रशासन कार्यालयमा मतदाना नामावली संकलन जारी :

    उपमहानगरका सबै वडाहरुमा मतदाना नामावली संकलनका लागि आवश्यक सूचना गराइएको छ । बुटवलका सबै नागरिकले इलाका प्रशासन कार्यालयमा गएर फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेका छन् ।

    शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणी खनालले कोरोना महामारीको प्रभाव र विगतका अनुभवलाई ध्यानमा राखी यो वर्ष कक्षा १२ सम्मको आगामी फागुन १५ भित्रै वार्षिक परीक्षा सक्ने गरी तयारी भएको जानकारी गराए ।

    ‘केन्द्र तथा प्रदेश सरकारले आह्वान गरेको अवस्थामा फागुन १५ भित्रै कक्षा १२ सम्मको परीक्षा गर्न सक्ने गरी तयारी भएको छ ।’–खनालले भने कक्षा ९ सम्मको परीक्षा भने उपमहानगरले नै योजना बनाएर सोही अनुसार गर्नेगरी तयारी गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology