Logo मंगलवार, श्रावण १२ गते २०८३
images

माओवादी केन्द्रद्वारा पेरिसडाँडामा पत्रकार सम्मेलन गरि राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक

माओवादी केन्द्रद्वारा पेरिसडाँडामा पत्रकार सम्मेलन गरि राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक

  • 5.1K
    SHARES

  • माओवादी केन्द्रद्वारा पेरिसडाँडामा पत्रकार सम्मेलन गरि राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक

    बुटवल,पुस ७ ।

    राष्ट्रिय सम्मेलन गर्न लागेको नेकपा माओवादी केन्द्रले लोगो सार्वजनिक गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा  पत्रकार सम्मेलन गरेर लोगो सार्वजनिक गरिएको हो ।

    माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन यही पुस ११ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । माओवादी केन्द्रले ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ मुख्य नारा तय गरेको छ ।

    गोलाकार लोगोभित्र सबैभन्दा माथि विश्व कम्युनिष्ट नेताहरुको चित्र छ । त्यसभन्दा तल माओवादी पार्टीको झण्डा र चुनाव चिह्न बोकेको समूहको छाया चित्रभित्र पार्टी अध्यक्ष प्रचण्डको तस्वीर राखिएको छ ।

    सबैभन्दा पुछारमा धार्मिक र ऐतिहासिक सम्पदाको परिचय दिनेगरी मन्दिर, गुम्बा, चर्च र धरहराका चित्रहरु छन् । 

    राष्ट्रिय सम्मेलनमा देश तथा विदेशबाट पाहुना नबोलाउने :

    नेकपा माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलनमा देश तथा विदेशबाट पाहुना नबोलाउने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले माओवादी केन्द्रको अधिवेशन नभई राष्ट्रिय सम्मेलन भएकाले पाहुना नबोलाइने बताएका हुन् ।

    गत महिना भएको नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशनको उद्घाटन सत्रमा देशका प्रमुख राजनीतिक दल र विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिहरु निम्त्याइएका थिए ।

    माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।  सम्मेलनमा एक हजार ५३३ जना प्रतिनिधि सहभागी हुनेछन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology