Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेस १४औं महाधिवेशन : १३४ पदमा भएको निर्वाचनको ६३ पदको मतपरिणाम सार्वजनिक

कांग्रेस १४औं महाधिवेशन : १३४ पदमा भएको निर्वाचनको ६३ पदको मतपरिणाम सार्वजनिक

  • 2.3K
    SHARES

  • कांग्रेस १४औं महाधिवेशन : १३४ पदमा भएको निर्वाचनको ६३ पदको मतपरिणाम सार्वजनिक

    बुटवल,पुस ६। 

    नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते सोमवार भएको निर्वाचनको अन्तिम परिणाम भोलिसम्म आइसक्ने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।

    पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनको हालसम्म ६३ पदको मतपरिणाम सार्वजनिक भएको छ । जसमा १३ जना पदाधिकारीको पनि मतपरिणाम आइसकेको छ । हाल बागमती, कर्णाली, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशको मतगणना भइरहेको छ ।

    यी प्रदेशको मतगणना अन्तिम चरणमा पुगेकाले मंगलवारै बाँकी रहेको थारु, खसआर्य, मुस्लिम, जनजातिलगायत क्लस्टरको मतगणना पनि शुरू गर्न लागिएको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । अहिले विभिन्न क्लस्टरका ७१ केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ ।

    बुधवारसम्म १३४ पदकै अन्तिम मतपरिणाम सार्वजनिक गर्ने गरी गणना भइरहेको पनि उनले सुनाए । विद्युतीय मतदान प्रक्रियामा पार्टीभित्र सहमति नजुटेकाले मत परिणाम सार्वजनिक गर्न १ हप्ताभन्दा लामो समय लागेको छ ।

    badminton.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology