Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

नवजीवन सहकारीद्वारा नयाँ शेयर सदस्यहरु आधारभूत सहकारी तालिम

नवजीवन सहकारीद्वारा नयाँ शेयर सदस्यहरु आधारभूत सहकारी तालिम

  • 2.8K
    SHARES

  • नवजीवन सहकारीद्वारा नयाँ शेयर सदस्यहरु आधारभूत सहकारी तालिम

    बुटवल,पुस ५ ।

    नवजीवन बचत तथा ऋण सहकारी संस्था लि.तिलोत्तमा - ६ ले आफ्ना नयाँ शेयर सदस्यहरुका लागि आधारभूत सहकारी तालिम दिएको छ ।

    सहकारीको सिद्धान्त ,मूल्य,मान्यता,नवजीवन सहकारीको परिचय,यसका गतिविधिहरु र सदस्यहरुलाई दिएका सेवा सुविधाका बारेमा सामाजिक उद्यमी दलबहादुर गुरुङले सहजीकरण गरेका थिए । 

    तालिमको उद्घाटन गर्दै सहकारीका अध्यक्ष नारायण पाठकले आफ्ना सदस्यका क्षमता अभिवृद्धिका लागि सहकारीका बारेमा आधारभूत तालिम दिन थालिएको बताउँदै आफ्नो सहकारी तिलोत्तमा कै नमूना सहकारी बनाउने अभियानमा रहेको बताए । 

    गोबिन्द भुसाल, मित्रबन्धु पाठक,बिनोद बस्याल ,तारा पाठक लगायतले तालिमबाट शेयर सदस्यहरुले लाभ लिन सकेको बताउँदै आफ्नो सहकारीले उद्यमशीलतामा समेत जोड दिनुपर्नेमा जोड दिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology