बुटवल,पुस ५ ।
मगर समुदायको पर्व उधौलीका अवसरमा पूजा तथा सम्मान गरिएको छ । नेपाल मगर संघ वडा इकाइ न १३को आयोजनामा बुटवल १३ बदेलपोखरीमा एक कार्यक्रमका बिच सम्मान गरिएको हो ।
नेपाल मगर संघ वडा इकाइ न १३ को अध्यक्ष ताराप्रसाद बुढाथोकी मगरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल वडा न १३ अध्यक्ष नारायण पुन मगरले समाजका सबै चाडहरु सबैले मिलेरै मनाउनुपर्ने बताए । कार्यक्रममा स्वागत नेपाल मगर संघ वडा इकाइ न १३ का उपाध्यक्ष टीकीसरा थापा मगर र संचालन नेपाल मगर संघ वडा इकाइ न १३ का सहसचिव टीकाकुमारी थापा राना मगरले गरेकी थिइन् ।
सो कार्यक्रममा जंगबहादुर श्रीस मगर,क्याप्टेन हेमबहादुर राना मगर,नेपाली कांग्रेसी,बुटवल नगर उपसभापति हितमान पुन मगर,चन्द्रप्रसाद श्रीस मगर,झबिन्द्र थापा मगर,सुब्दार देबेन्द्र थापा मगर लगायलते बोलेका थिए । सोही अवसरमा नरभुमा स्मृति प्रतिष्ठानका सचिब चन्द्रप्रसाद श्रीस मगरले प्लस टु गरेका २ जना जेहेन्दार बिद्यार्थीलाइ सम्मान गरेका थिए ।
नेपाल मगर संघ वडा इकाइले प्लस टु मा ए प्लस ल्याएका ४ जनालाइ सम्मान गरेका छ । बिगतमा पनि जेष्ठनागरिकलाइ सम्मान,अनाथ बालबालिकालाइ सहयोग गर्दै आएको छ । कार्यक्रमका सहभागिहरुले समाजमा बसिरहेका सबै मानिसहरु फरकफरक दल,र जातीमा रहेपनि सबैको हितमा रहेर मिलेर काम गर्नुपर्ने बताएका थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)