बुटवल,पुस ४।
लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले यौनिक तथा लैङ्गिक अल्पसंख्यक मैत्री कानुन बनाउने बताएका छन्। उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुले विभिन्न किसिमका समस्याहरु भोगिरहेकोमा त्यसलाइ अब भोग्न नपर्ने गरि ब्यवस्थापन गर्ने बताएका हुन्।
निल हिरा समाजको आयोजनामा आईतबार भएको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका अधिकार र जनगणना डाटाको सार्थक प्रयोगमा अगाडि बढ्ने सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले आत्मनिर्भर बनाउन सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे।
कार्यक्रममा बोल्दै मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय प्रमुख सन्तोष आचार्यले अधिकारको क्षेत्रमा सहयोग गर्दै आएको बताए । उनले यो समुदायका ब्यक्तिहरुलाई मानवअधिकार हनन हुने खालका काम कसैले नगर्न आग्रह समेत गरेका थिए।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै तेस्रोलिङी महिला भुमिका श्रेष्ठ र निल हिरा समाज नेपालका कार्यकारी निर्देशक मनिसा ढकालले तेस्रोलिङ्गिलाई श्रापका कारण जन्मिने हल्लाका रुपमा लिने गर्दा निकै समस्या देखिएको बताए । उनीहरुले तेस्रोलिङीलाई ट्वाईलेट मा निकै समस्या देखिएको बताउदै पिसाब च्याप्दा धेरैलाई पत्थरीको समस्या भोग्नु परेको दुखेसो ब्यक्त गरे। कार्यक्रममा तेस्रोलिङ्गी रुबिना तामाङ,बिनाेद बिसीले आफ्नो अनुभव समेत सुनाए।
निल हिरा समाज रुपन्देही अध्यक्ष आनिक राना मगरको सञ्चालनमा भएको कार्यक्रममा एक्लोलाई साहारा दिने बृक्ष परियोजनाका सदस्य तेस्रोलिङी पुरुष बिनोद बिसिले स्वागत गरे । साे कार्यक्रम एफएचआई ३६० र युएसएआइडीको सहयोगमा भएको हाे ।
यो पनि :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)