बुटवल,पुस ४।
तिनाउ दानव करिडोरमा पर्ने जनतालाई संवोधन गरेर मात्र निर्माणको काम अगाडि बढाउन करिडोरमा पर्ने बास्तीका नागरिकहरुले माग गरोका छन् ।
तिनाउ दानव करिडोर पीडित संघर्ष समिति, बुटवल गठन गरी उनीहरूले करिडोरमा पर्ने जनतालाई उचित व्यवस्थापन सहित क्षतिपूर्ति दिन माग समेत गरेको छ ।
समितिका अध्यक्ष आत्म बहादुर रानाले करिडोरको काम सुरु हुनुभन्दा अगाडि आफूहरुलाई संवोधन गर्न माग गरे । करिडोरबाट १ हजार भन्दा घरधुरी विस्थापित हुने भन्दै सुुकुम्बासी बस्तीका सर्वसाधारण आन्दोलित भएका हुन् ।
५ गते बुटवल उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाउने, ८ गते सबै राजनीतिक दलका प्रतिनिधि र मुख्यमन्त्री लगायतको सहभागितामा सभा गर्ने, ११ गते विरोध प्रदर्शन र १३ गते धर्ना दिने कार्यक्रम तय भएको संघर्ष समितिका सचिव विष्णु सुनारले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)