बुटवल,पुस ४।
जर्मन ब्रान्डको टुल्सका लागि नेपालको लागि एक मात्रै सप्लायर्स चैतन्य विभिन्न टुल्स, पाट्स सम्बन्धी आउटलेट सञ्चालनमा आएको छ । रोनिक्स प्रिमीयम क्वालीटीको बुटवल कालिका चौक र भैरहवामा रोनिक्स पोईन्ट सञ्चालनमा आएको हो ।
थाईल्याण्डमा एम वि ए पुरा गरेका युवा उद्यमी सुशान्त आचार्यले पारिवारिक विजेनश गु्रप अन्र्तगतको चैतन्य सप्लायर्सको आउटलेट विस्तार गरेका हुन । आउटलेटको आईतबार सुरक्षा आचार्यले रिवन काटेर शुभारम्भ गरेकी हुन ।
जसमा ह्यान्ड टुल्स, तथा मेसिनीरी टुल्स गरी करिव १ सय २५ प्रकारका टुल्सहरु रहेका छन् । जर्मन ब्रान्डका अटोमोवाईल्स, फर्निचर, आल्मुनियम, निर्माण सामग्री तथा विभिन्न उद्योगहरुमा उक्त टुल्स प्रयोगमा आउने छ ।
भैरहवा र बुटवलमामा गरी करिव डेढ करोड रुपैयाँ लागतमा आउटलेट सुरुवात गरिएको संरक्षक मधुसुदन आचार्यले जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)