Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

महिमा ज्योती मण्डलीद्वारा ख्रिष्टमस शुभकामना आदान- प्रदान

महिमा ज्योती मण्डलीद्वारा ख्रिष्टमस शुभकामना आदान- प्रदान

  • 2.7K
    SHARES

  • महिमा ज्योती मण्डलीद्वारा ख्रिष्टमस शुभकामना आदान- प्रदान

    बुटवल,पुस २ ।

    महिमा ज्योती मण्डली बुटवल ११ देविनगरको आयोजनामा क्रिसमस डेको अवसरमा ख्रिष्टमस शुभकामना आदान- प्रदान सम्पन्न भएको छ ।

    महिमा ज्योति मण्डलीका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता तथा ज्योति मण्डली परिषद्का संस्थापक पाष्टर डा. सिमोन पाण्डेको प्रमुख आतिथ्यतामा शुभकामना आदान- प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

    शुभकामना कार्यक्रममा बोल्दै पाण्डेले कसैलाई पनि धर्मकै आधारमा काखा-पाखा गर्न नहुने बताउनुभयो । उहांले धार्मिक स्वतन्त्रता वा धर्म मान्न, त्याग गर्न पाउने मानव अधिकार तथा अभिव्यक्ती दिन पाउने अन्तर्राष्ट्रिय मानव अधिकारले अधिकार दिएको समेत बताउनुभयो ।

    कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका मानव अधिकार अधिकृत बसन्त अर्याल, संविधा सभा पुर्व सदस्य विनोद पहाडि, महिला अधिकारकर्मी सावित्रा पाण्डे, पत्रकार बालकृष्ण चापागाई, बुटवल ११ का कार्यबाहक अध्यक्ष रण बहादुर थापा, समाजसेवी जित बहादुर मल्ल, मण्डलीका पाष्टर खेम प्रसाद थापा लगाएतले बोल्दै समाजमा धार्मिक स्वषर्णता कायम राख्न सवैको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।

    कार्यक्रममा मण्डलीको प्रगति तथा आर्थिक प्रतिबेदन कोषाध्यक्ष श्याम क्षेत्रीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम ज्योति मण्डलीका परिषद्का पाष्टर तथा मण्डली समितिका सल्लाहकार मनोहर पाठकको स्वागत तथा महिला अगुवा राधिका रानाकोे सञ्चालनमा सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology