Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेसको १४ औं महाधिवेशन : पदाधिकारीको मतगणना सकियो,क-कस्ले जिते ?

कांग्रेसको १४ औं महाधिवेशन : पदाधिकारीको मतगणना सकियो,क-कस्ले जिते ?

  • 2.4K
    SHARES

  • कांग्रेसको १४ औं महाधिवेशन : पदाधिकारीको मतगणना सकियो,क-कस्ले जिते ?

    बुटवल,पुस २ । 

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पदाधिकारीको मतगणना सकिएको छ । जसमा संस्थापन पक्षले बढी सिट जितेको छ । उपसभापतिमा देउवाबाट पूर्णबहादुर खड्का र डा. शेखर कोइराला पक्षका धनराज गुरुङ आएका छन् । त्यस्तै महामन्त्रीमा डा. कोइराला पक्षका गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भए । 

    सहमहामन्त्री पदमा भने देउवा पक्षले वर्चश्व कायम गरेको छ । विभिन्न क्लस्टरबाट आठ जना सहमहामन्त्री बनेका छन् । जसमा देउवा पक्षका ६ जना विजयी भएका छन् । डा. शेखर कोइराला पक्षबाट दुई जनामात्र निर्वाचित भएका छन् ।

    महिलातर्फ महालक्ष्मी उपाध्याय डिना, आदिवासी जनजातिबाट भीष्मराज आङदेम्बे, मधेसीबाट महेन्द्र यादव, मुश्लिमबाट फरमुल्ला मन्सुर, खस–आर्यबाट किशोर राठौर, थारुबाट उमाकान्त चौधरी,  दलितबाट जीवन परियार र पिछडिएकोबाट बद्री पाण्डे निर्वाचित भए । परियार र पाण्डे संस्थापन इतरका हुन् भने बाँकी सबै संस्थापन पक्षबाट लडेका थिए ।

    चौधरी कृष्णप्रसाद सिटौला पक्षका भए पनि सिटौला र देउवाबीच चुनावी तालमेल भएको थियो । महामन्त्रीमा सिटौला पक्षबाट संस्थापनको उम्मेदवार बनेका प्रदीप पौडेल भने पराजित भए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology