Logo बिहिवार, आश्विन १ गते २०८३
images

राज्यले दिने ४५-५५ प्रतिशतको आरक्षण र खुल्ला छात्रवृत्तिमा संस्थागत विद्यालयका विद्यार्थी बञ्चित

राज्यले दिने ४५-५५ प्रतिशतको आरक्षण र खुल्ला छात्रवृत्तिमा संस्थागत विद्यालयका विद्यार्थी बञ्चित

  • 1.9K
    SHARES

  • राज्यले दिने ४५-५५ प्रतिशतको आरक्षण र खुल्ला छात्रवृत्तिमा संस्थागत विद्यालयका विद्यार्थी बञ्चित

    बुटवल, पुस २ ।

    निजी तथा आवासीय विद्यालयहरुको साझा संगठन प्याब्सन रुपन्देहीको १५ औं अधिवेशन तथा १८ औँ साधारणको तयारी पूरा भएको छ । प्याब्सन रुपन्देहीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो ।

    प्याब्सनको अधिवेशन तिलोत्तमा शंकरपुरमा शनिबार हुँदैछ । प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले अधिबेशनको तयारी पूरा भएको बताए । सो अवसरमा बोल्दै उनले राज्यले दिने ४५ प्रतिशत र ५५ प्रतिशतको आरक्षण तथा खुल्ला छात्रवृत्तिमा निजी एवं स्थागत विद्यालयका विद्यार्थीहरुलाई बञ्चित गरेको बताए ।

    पौडेलले राज्यले आफूहरुलाई सौतेनी व्यवहार गरेको बताए । सरकारले निजी विद्यालयका विद्यार्थीहरुलाई सरकारीको निर्णयले असंवैधानिक व्यवहार गरेको टिप्पणी गरे । अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्ने पौडेलले बताए ।

    सरकारले आफ्ना विद्यालयहरुमा शैक्षिक सुधार गर्न नसक्ने तर गुणस्तरीय शिक्षा हासिल गरेका निजीका विद्यार्थीहरुलाई अवसरमा विभेद गर्ने गरेको बताए । अध्यक्ष पोडेलले कोभिडका कारण जिल्लाका ५ वटा निजी विद्यालय बन्द भएको समेत बताए ।

    प्याब्सन रुपन्देहीमा हालसम्म २ सय १२ विद्यालय आबद्ध छन् । यी विद्यालयहरुमा कुल १ लाख ५ सय २४ विद्यार्थी रहेका छन् भने यी विद्यालयबाट ५ हजार ३२ शिक्षक तथा १ हजार ६ सय ९५ कर्मचारीले रोजगारी पाएको अध्यक्ष पौडेलले बताए ।

    रुपन्देहीमा प्याब्सनअन्तर्गतका विद्यालयमा करिब ५५ अर्ब ५७ करोड ७० लाख रुपैयाँ भन्दा बढी लगानी रहेको छ ।pabssion rupandehi.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology