बुटवल,पुस २ ।
नेपाली कांग्रेसको सहमहामन्त्रीमा आदिवासी जनजातितर्फ भीष्मराज आङदाम्बे निर्वाचित भएका छन् । बिहीबार सकिएको मतगणनामा विकास लामालाई ७९८ मतान्तरले पराजित गर्दै आङदाम्बे निर्वाचित भएका हुन् ।
कुल ४६८१ मत खसेकोमा सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका आङदाम्बेले २७११ मत पाएका छन् भने डा.शेखर कोइरालाको प्यानलका उम्मेदवार विकास लामाले १९१३ मत पाएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)