Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस महामन्त्री पदको मतगणना सुरु

कांग्रेस महामन्त्री पदको मतगणना सुरु

  • 3.1K
    SHARES

  • कांग्रेस महामन्त्री पदको मतगणना सुरु

    बुटवल,पुस १ । 

    नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना आज सुरु भएको छ । 

    सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट डा. मिनेन्द्र रिजाल र गगन थापा तथा प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की महामन्त्रीका उम्मेदवार छन् । निर्वाचनबाट दुई जना महामन्त्री चुनिने छन् ।

    कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनबाट सभापति र उपसभापति पदको परिणाम घोषणा भइसकेकाले महामन्त्री पदको मतगणना ८ बजेबाट सुरु भएको नेपाली कांग्रेसको निर्वाचन समितिका एक सदस्यले बताए ।

    कांग्रेसको इतिहासमा पहिलोपटक भएको उपसभापति पदको निर्वाचनबाट पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । सभापतिमा भने शेरबहादुर देउवा बुधबारै निर्वाचित भएका थिए ।

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने विधानमा व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

    कांग्रेसको विधानअनुसार ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷-आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्य निर्वाचनबाट चुनिने छन् । यीबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्नेछन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology