Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेसको १४ औं महाधिवेशन : उपसभापतिको मतगणना शुरु

कांग्रेसको १४ औं महाधिवेशन : उपसभापतिको मतगणना शुरु

  • 3.7K
    SHARES

  • कांग्रेसको १४ औं महाधिवेशन : उपसभापतिको मतगणना शुरु

     बुटवल, मंसिर २९ ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको मतगणना शुरु भएको छ । पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना तीन ठाउँमा गरिएको निर्वाचन समितिले जनाएको छ ।

    कांग्रेसमा दुई जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन् । जसमा सभापति शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का,डा.शेखर कोइराला प्यानलबाट डा.चन्द्र भण्डारी र धनराज गुरुङ , प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्येश्वरी शाह उम्मेदवार छन् । त्यस्तै महेश आचार्यले पनि उपसभापतिमा उम्मेदवारी दिएका छन् ।

    १४ औं महाधिवेशनबाट सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology