Logo बिहिवार, आश्विन १ गते २०८३
images

लागु औषधसहित रुपन्देहीमा २ युवा पक्राउ

लागु औषधसहित रुपन्देहीमा २ युवा पक्राउ

  • 2.4K
    SHARES

  • लागु औषधसहित रुपन्देहीमा २ युवा पक्राउ

    बुटवल,मंसिर २९ ।

    रुपन्देहीमा प्रहरीले लागु औषध सहित दुई जना युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले देवदह नगरपालिका वार्ड २ का २५ वर्षीय दूधनाथ यादव र नवलपरासी पाल्हिनन्दन गाउँपालिका–२ का २६ वर्षीय धनेश यादवलाई  लागु औषध सहित पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतीय नम्बर प्लेट यूपी ५३ जेट ३५९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट फेनेरागन ५५ सीसी, नोफिन ५५ सीसी र डाइजेपाम ५५ सीसी पक्राउ गरिएको जनाएको छ।

    प्रहरीले थप अनुसन्धानको लागि कानुनी प्रक्रिया सुरु गरेको प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए  ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology