Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

गीता रचना भएको दिनको स्मरणमा आज गीता जयन्ती मनाइँदै

गीता रचना भएको दिनको स्मरणमा आज गीता जयन्ती मनाइँदै

  • 2.0K
    SHARES

  • गीता रचना भएको दिनको स्मरणमा आज गीता जयन्ती मनाइँदै

    बुटवल,मंसिर २८ ।

    सनातन धर्मको मुख्य धार्मिक ग्रन्थ गीता रचना भएको दिनको स्मरणमा मंगलबार गीता जयन्ती मनाइँदैछ । महाभारत युद्धको समयमा विष्णुका आठौं अवतारको रुपमा रहेका श्रीकृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा दिएको संग्रहित ज्ञानलाई श्रीमद्भागवत गीताको रुपमा चिनिन्छ ।

    यसमा मान्छेलाई मुक्तिको लागि कर्मयोग, ज्ञान योग र भक्तियोगको बाटो देखाइएको छ । अहिले पनि व्यावहारिक ज्ञानको संगालोको रुपमा मानिने यो पुस्तक अहिलेसम्म विश्वका ८० वटाभन्दा धेरै भाषामा अनुवाद भइसकेको छ ।

    केही वर्षदेखि यो महत्वपूर्ण शास्त्र गीता लोप नहोस् भन्नको लागि पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी यही दिन गीता जयन्ती मनाउने गरिन्छ । श्रीमद्भागवत गीता महाभारत युद्धसँग सम्बन्धित छ । महाभारत युद्धको समय यकिन भइसकेको छैन ।

    धर्मशास्त्र अनुसार पाँच हजार १२९ वर्षअघि महाभारत युद्ध भएको मानिन्छ भने पुरातात्विक प्रमाण अनुसार आजभन्दा २८००-३००० वर्ष पहिले महाभारत युद्ध भएको भेटिन्छ ।

    कुरुक्षेत्रमा १८ दिनसम्म महाभारत युद्ध हुन लाग्दा अर्जुन आफन्तविरुद्ध लडाइँ गर्न तयार नभएपछि भगवान् कृष्णले उपदेश सुनाएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology