Logo बिहिवार, आश्विन १ गते २०८३
images

महिला भलिवलको उपाधि बुटवल उपमहानगरलाई, तिलोत्तमा नगर उपविजेता

महिला भलिवलको उपाधि बुटवल उपमहानगरलाई, तिलोत्तमा नगर उपविजेता

  • 3.1K
    SHARES

  • महिला भलिवलको उपाधि बुटवल उपमहानगरलाई, तिलोत्तमा नगर उपविजेता

    बुटवल,मंसिर २६ ।

    बुटवलमा भएको अन्तरपालिका उपमेयर कप महिला भलिवलको उपाधि आयोजक बुटवल उपमहानगरले जितेको छ । बुटवल–११ नविन औद्योगिक माविमा भएको फाइनल प्रतिस्पर्धामा तिलोत्तमा नगरलाई ३–० को सोझो सेटमा पछि पार्दै बुटवलले उपाधि चुमेको हो ।

    बुटवलले २५-१४, २५-२० र २५-१९ को साझो सेटमा तिलोत्तमालाई पराजित गरेको हो । उपाधिसँगै बुटवलले नगद १ लाख ५० हजार रुपैया, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    यसैगरि उपविजेता तिलोत्तमाले नगद ७५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । १० टिम सभागी प्रतियोगितामा बेनी नगरपालिका तृतीय हुँदै नगद ३५ हजार रुपैयाँ तथा भिमदत्त नगरपालिकाले चौथौ हुँदै नगद १५ हजार रुपैया, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    प्रतियोगितामा बुटवल उपमहानगरकी आरती सुवेदी सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५ हजारसहित सम्मानित भएकी छन् । लिग कम नकआउटको आधारमा खेलाइएको प्रतियोगितामा वेष्ट ब्लकर भिमदत्त नगरपालिकाकी भागिरथि जोशी, वेष्ट सर्भर तिलोत्तमाकी निर्मा सारु, वेष्ट सेटर बुटवलकी जसना महतो, वेष्ट लिबरो बुटवलकी यमकलि कुंवर र वेष्ट स्पाईकर बुटवलकी भावना डाँगी भइन् ।

    एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख तथा वडा नं ४ का वडा अध्यक्ष टंक पराजुली, तिलोत्रमा नगरका प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जागेश्वरीदेवी चौधरी, बुटवल–१ का अध्यक्ष महेन्द्र लिगल, ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, जिल्ला भलिबल संघका उपाध्यक्ष सुरेन्द्र शाक्य, बुटवल उपमहानगर खेलकुद परिषदका अध्यक्ष नन्दु काउचा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज गौचन, समाजसेवी टेक बहादुर थापा, खेल संयोजक अर्जुन घिमिरेले बोल्दै शुभकामना व्यक्त गरेका थिए ।

    प्रतियोगितामा आयोजक बुटवल उपमहानगरपालिकासहित भिमदत्त नगरपालिका महेन्द्रनगर, टिकापुर नगरपालिका कैलाली, कोहलपुर नगरपालिका, विरेन्द्रनगर नगरपालिका सुर्खेत, तिलोत्तमा नगरपालिका, बेनी नगरपालिका म्याग्दी, पोखरा महानगरपालिका, सैनामैना नगरपालिका, वाणगंगा नगरपालिका गरि १० टिमले भाग लिएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology