बुटवल,मंसिर २६ ।
कांग्रेस सभापतिमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । न्यौपाने गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।
पार्टी नेतृत्वमा युवाको सहभागिता हुनुपर्छ भन्दै शनिबार सभापतिमा मनोनयन दर्ता गराएका थिए । न्यौपानेले सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालालाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
आफूले उठाएका मुद्दा शेखरको प्यानलसँग मिलेकोले उनलाई समर्थन गरेको उनको भनाइ छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)