Logo बिहिवार, आश्विन १ गते २०८३
images

कक्षा १२ नतिजा : तिलोत्तमा माबिका विक्रम र क्रिसनाले ल्याए ३.९२,नेपाल प्रथम भएको भन्दै सम्मान

कक्षा १२ नतिजा : तिलोत्तमा माबिका विक्रम र क्रिसनाले ल्याए ३.९२,नेपाल प्रथम भएको भन्दै सम्मान

  • 2.2K
    SHARES

  • कक्षा १२ नतिजा : तिलोत्तमा माबिका विक्रम र क्रिसनाले ल्याए ३.९२,नेपाल प्रथम भएको  भन्दै सम्मान

    बुटवल, मंसिर २६ ।

    रुपन्देहीको तिलोत्तमा माविले  कक्षा १२ को वार्षिक परीक्षामा नेपाल प्रथम भएको दाबी गरेको छ । साे परीक्षामा विक्रम तिवारी र क्रिसना लामाले समान ३.९२ ल्याएर मुलुकमै प्रथम स्थान हासिल गरेको र असिम भण्डारीले ३.८६ जिपिए ल्याई दाेस्राे स्थान हासिल गरेको विद्यालयको दाबी  छ ।

    रुपन्देहीको तिलोत्तमा -२ मा रहेको माविले यसवर्ष ७६० जना परीक्षार्थी सहभागि थिए । जसमा ७५६ जनाले ३ ग्रेडभन्दा माथिको अंकसहित शतप्रतिशत नतीजा ल्याउन सफल भएको विद्यालयका प्रधानाध्यापक डा. रामचन्द्र आचार्यले जानकारी दिए । सम्मानित विद्यार्थी त्रिक्रम तिवारीले विद्यालयको शैक्षिक वातावरण मन परेर आफूले तिलोत्तमा मावि रोजेको र उत्कृष्ट वातावरणमा अध्ययन गर्न पाउँदा आफूले सोंचेजस्तो नतिजा हासिल भएको बताए ।

    विद्यालयले आइतबार एक कार्यक्रमका बीच नेपाल प्रथम र दोस्रो हुन सफल विद्यार्थीलाई सम्मान गरेको छ । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, विद्यालय व्यवस्थापन समितिका  शिवप्रसाद ज्ञवाली, विद्यालयका प्राचार्य डा रामचन्द्र आचार्यलगायतले विद्यार्थीहरुलाई सम्मान पत्रद्वारा सम्मान गरेका हुन् ।

    त्यस अवसरमा बोल्दै नगरप्रमुख घिमिरेले तिलोत्तमा विकासको दृष्टिले पनि अग्रणी स्थानमा रहेको चर्चा गर्दै शिक्षा क्षेत्रमा पनि यसले देशकै पहिचान कायम गर्न सफल भएको बताए । उनले नगरका सामुदायिक विद्यालयहरु पनि संस्थागत विद्यालय सरह सुधारको प्रक्रियामा रहेको र अधिकांश सामुदायिक विद्यालयले अहिले संस्थागत विद्यालयसँग प्रतिष्पर्धा गर्ने तहमा पुगेको बताए । विद्यालयका प्राचार्य डा. रामचन्द्र आचार्यले शैक्षिक गुणस्तरीयतालाई मूल मन्त्र मानेर विद्यालय अगाडि बढेको र उच्च शिक्षा अध्ययनका लागि बुटवलबाहिर जानुपर्छ भन्ने मान्यता अब क्रमशः हट्दै गएको बताए ।

    साे अवसरमा सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्याल, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका प्रमुखलगायतले नतीजामा दोस्रो हुन सफल असिम भण्डारीकी आमा गिता भण्डारीलगायतले विद्यालयको शैक्षिक प्रगतिका बारेमा चर्चा गरेका थिए ।

    विज्ञान तथा व्यवस्थापन विषयमा कक्षा ११–१२  पढाई हुने तिलोत्तमा माविमा पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त बिबिए कार्यक्रम पनि सञ्चालन भैरहेको शिक्षक तुलसी प्रसाद सापकोटाले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology