Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

लुम्बिनी प्रदेश स्तरीय किशोरी सम्मेलन :  किशोरी सञ्जाल गठन

लुम्बिनी प्रदेश स्तरीय किशोरी सम्मेलन :  किशोरी सञ्जाल गठन

  • 5.8K
    SHARES

  • लुम्बिनी प्रदेश स्तरीय किशोरी सम्मेलन :  किशोरी सञ्जाल गठन

    बुटवल,मंसिर २४ ।

    किशोरी तथा बालिकाहरुको अधिकार कुण्ठित गर्ने सबै प्रकारका हानिकारक परम्परागत अभ्यास विरुद्व तीनै तहको सरकारले अन्य सरोकारवालाहरुसँगको समन्वयमा अभियानहरु संचालन गर्न किशोरीहरुले माग गरेका छन् । 
    बुटवलमा शुक्रबार भएको लुम्बिनी प्रदेश स्तरिय प्रथम किशोरी सम्मेलनले १६ बुदे लुम्बिनी घोषणा पत्र जारी गर्दे  यस्तो माग गरेको हो ।  

    कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा कार्यक्रम भएको हो ।  जसमा किशोरी तथा बालिकाको आवश्यकता अनुसारको नीति तथा योजना निर्माण गरि कार्यन्वयन गर्न आग्रह गरिएको छ । यस्तै स्थानीयतहमा तत्काल किशोरी विकास समिति तत्काल गठन गर्न र बालविवाह विरुद्धको रणनीतिक योजना निर्माण गरी कार्यान्वयन गर्न आग्रह गरेका छन् । 

    लुम्बिनी प्रदेश स्तरिय किशोरी सम्मेलनले सम्मेलनले पुष्पा हरिजनको अध्यक्षतामा लुम्बिनी स्तरिय किशोरी सञ्जाल गठन भएको छ । जसको सदस्यमा सुनिता हरिजन रुपन्देही  , निलिसा गिरी बाके ,  नर्मा बि क , अनुजा नेपाली , पुजा पौडल, शिला नेपाली , निष्ठा हमाल , करुणा आचार्य  मनेका राउत दुर्गा विक, अल्पिया अन्सारी र मुना विक चयन भएका छन् ।

    नव निर्वाचित अध्यक्ष पुष्पा हरिजनले महिलाको मुख्य समस्या योनी माथिको  नियन्त्रण भएकाले त्यसका विषयमा छलफल र बहज जरुरी रहेको बताईन ।उनले  सबै किशोरीलाई सञ्जालले समेटेर अगाडि बढाउने प्रतिबद्धता पनि व्यतm गरिन ।कार्यक्रममा किशोरीहरुले आफ्नो शिक्षा , स्वास्थ्य, सीप, चेतना विकास लगायतका बारेमा प्रश्न गरेका थिए । सम्मेलनमा प्रदेशका १२ जिल्लाका जना किशोरीको सहभागिता रहेको थियो ।

    जसा युएनफपिए, सञ्चारिका समुह नेपाल, केएर, गुड सेफरड इन्टरनेशनल फाउन्डेसन नेपाल, ओरेक, किशोरी अधिकार मञ्च लगायतले सहकार्य गरेका थिए । कार्यक्रममा बोल्दै योजना आयोगका उपाध्यक्ष वामदेव गौतमले किशोरीहरु देशका खम्बा भएकाले उनीहलाई सशक्त बनाउन सबैले पहल गर्नुपर्ने बताए । किशोरीले आफु माथि परेको हिंसाका बारेमा आवाज  उठाउन आग्रह गर्दै उनले आगामी वर्षदेखि किशोरीका लागि छुट्टै बजेटको व्यवस्था गरिने बताए ।

    कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले घोषणा पत्र बुझदै मन्त्रालयले बालबालिकाको क्षेत्रमा विशेष काम गर्ने योजना रहेको बताए  । मन्त्रालयकी उपसचिव शारदा वश्यालले किशोरी उमेर सबैभन्दा बढी हिंसा हुने उमेर भएकाले त्यसबेलाको समस्या समाधान गर्न र गतिशिलतालाई रोक्न नदिन विशेष योजना आवश्यक पर्ने बताइन् ।

    युएनएफपिएका अपेक्षा राणाले तीन तहकै सरकारले बालिका -किशोरी  लक्षित कार्यक्रमलाई केन्द्रमा राखेर संचालन गनुपर्ने बताइन् । स्कुल शिक्षा, बृहत्तर यौनिकता तथा प्रजनन् स्वास्थ्यबारे अभिमुखिकरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व र सहभागिता, तीनै तहका सरकारले  चेतना र रोकथाममुलक कार्यक्रम गर्नुपर्ने बताइन् । 
    कार्यक्रममा सहजीकरण गदै अभियानकर्ता राधा पौडेलले  किशोरीहरु सशक्तिकरण विशलेषण र अबको बाटो र महिनाबारी विभेदका विषयमा आवाज उठाउन आग्रह गरिन ।  

    गैर सरकारी संस्था महासंघका उपाध्यक्ष सुमित्रा शर्माले घरपरिवारदेखि समाज र राज्यले किशोरीका विकास र अधिकारमा लगानी गर्नुपर्ने बताइन् ।  युएनएफपिएका राम थापाले किशोरीहरुलाई राज्यको मुलधारमा नल्यए सम्म परिर्वतन हुन नसक्ने भन्दै राज्यले  किशोरीहरुको हकहितमा राज्य गम्भिर हुनु पर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै सञ्चारिका समुह लुम्बिनीका महासचिव अमृता अनमोलले लुम्बिनी प्रदेश स्तरिय सञ्जालले आगामी दिनमा अझै किशोरीका क्षेत्रमा बलियो भएर काम गर्न आग्रह गरिन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology