Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भाेलि बुटवल आउने

नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भाेलि बुटवल आउने

  • 3.4K
    SHARES

  • नेकपा एसका अध्यक्ष  तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भाेलि बुटवल आउने

    बुटवल, मंसिर २४ ।

    नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल शनिबार बुटवलमा आउने भएका छन । 

    नेकपा एकिकृत समाजवादी रुपन्देहीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण एंव  प्रदेश र जिल्ला कमिटि कार्यालय उद्घाटन कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल बुटवल आउने भएका हुन ।

    नेकपा एकिकृत समाजवादी रुपन्देहीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण एंव प्रदेश र जिल्ला कमिटि कार्यालय उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 

    शनिबार विहान ११ बजे बुटववल ८ सुख्खानगर स्थित लुम्बिनी प्रदेश र रुपन्देही पार्टी कार्यालय उद्घाटन गर्ने र त्यसलत्तै योगिकुटी स्थित होटल पौवामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम शुरु गरिने जनाइएको छ । पत्रकार सम्मेलनमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईले केपि ओलीको स्वेच्छाचारी र निरकुंश कार्यशैलीका कारण विद्रोह गरेर पार्टी पुर्नगठनमा लाग्नुपरेको बताए ।

    उनले आफूहरु बाध्य भएर विद्रोहमा उत्रनुपरेको बताउँदै देशभर छोटो अवधिमा संगठन विस्तार तिव्र रुपमा अघि बढेको बताए । नेकपा एकिकृत समाजवादी रुपन्देहीका अध्यक्ष राजु गुरुङले डिलमा पुगेको कम्यूनिष्ट आन्दोलनलाई माधव कुमार नेपालले बचाएको बताए ।

    उनले ओलीकै कारण संविधान र कम्यूनिष्ट आन्दोलन नै सकिने अवस्थामा पुगेकाले त्यसलाई बचाउनका लागि दर्ताका हिसाबले नयाँ पार्टी गठन गरेर अघि बढेको बताए । उनले रुपन्देहीको निर्वाचन क्षेत्र न. २ मा आफूहरुले जित्ने दावी समेत गरे । रुपन्देहीमा करिव ३५ सय सदस्यता वितरण भएको बताउँदै ८ हजार सदस्य बनाउने अध्यक्ष गुरुङले बताए । 

    रुपन्देहीमा बुटवल उपमहानगर सहित ५ नगरपालिका र अधिकांश स्थानीय तहहरुमा कमिटि गठन भइसकेको केन्द्रीय सदस्य तथा रुपन्देही सहइन्चार्ज सिद्धिचरण भट्टराईले बताए ।

    कार्यक्रममा पार्टीका उपमहाचिव डा. विजय पौडेल, सचिव एंव लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश कमिटि अध्यक्ष  मेटमणी चौधरी लगायतका नेताहरुको उपस्थिती रहने प्रचार विभाग प्रमुख सरिता श्रीसले बताईन । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology