बुटवल,मंसिर २२ ।
भारतको तलिमनाडुको कुन्नुरको जंगलमा बुधबार सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटना भएको छ । घना जंगलमा भएको दुर्घटनापछि हेलिकप्टरमा आगलागी भएको थियो । यसमा चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, उनकी पत्नी मधुलिका समेत सेनाका १४ अफिसर सवार थिए ।
हालसम्म ११ जनाको शव बरामद भएको छ । शव नराम्रोसँग जलेको अवस्थामा भेटिएको छ । रावतलाई भने गम्भीर हालतमा वेलिङटन सैन्य अस्पताल लगिएको बताइएको छ । उनको स्थितिबारे थप जानकारी दिइएको छैन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)