बुटवल, मंसिर २१ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले न्यायलयमा राजनीतिक भागवण्डा भएको बताउनुभएको छ । न्यायलयामा भएको राजनीतिक भाग बण्डाका कारण अहिले देशको न्याय क्षेत्रमा बेथिति भएको बताउनुभयो । एमाले, कांगे्रस, माओवादी र मधेशवादीले न्यायलयमा भागवण्डा गरेको अध्यक्ष केसीको दावी छ ।
राष्ट्रिय जनमोर्चा सैनामैना नगरपालिका रुपन्देहीको मंगलबार सम्पन्न भेलामा बोल्दै न्यायलयामा राजनीतिक भागवण्डा गर्ननहुने बताउनुभयो। पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केसीले न्याय सेवा वा लोकसेवाको प्रकृया पुरा गरेर मात्र न्यायलयमा न्यायधिश न्युक्ति गर्नुपर्ने बताउनुभयो ।
अहिलेका प्रधानन्याधीशलाई न्यायधीशमा ल्यांउदा नै गलत भएको उल्लेख गर्दै त्यसको बिरोध राष्ट्रिय जनमोर्चाले संसदमा बिरोध गरेको स्मरण गर्नुभयो ।उहांले देश राम्रोसंग चल्न नसकेको बताउंदै देशको शासनसत्ता चलाउनेहरुको नियत खराब हुंदा देश र जनताले समस्या भोग्नुपरेको बताउनुभयो ।
छिटोछिटो सरकार गिर्दा देशलाई नोक्सान भएको बताउंदै झण्डै दुई तिहाईको सरकारको नेतृत्व गरेको केपी ओलीले संसद विघटनको बाटो समाउंदा देश संकटमा फसेको दावी गर्नुभयो । उहांले कांगे्रस राम्रो र ठिक भएर गठबन्दन नभएको बताउंदै संसद विघटन गर्ने ओलीको प्रतिगमनका कारण गठबन्दन बनेको बताउनुभयो ।
एमसीसी परियोजना र संघीयता नेपाल र नेपालीको हित बिपरित भएकाले खारेज गर्नुको अर्को कुनै विकल्प नभएको अध्यक्ष चित्रबहादुर केसीको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलम, सचिव टानबहादुर केसी, अखिल नेपाल टे«य युनियन महासंघका अध्यक्ष लोकराज भुसाल, दलबहादुर मल्ल, साहित्यकार शारदा पाण्डे लगायतले बोल्दै राष्ट्रिय, जनतन्त्र र जनजीविका मुद्वाहरु कमजोर भएकाले जनतालाई राजनीतिक रुपमा सचेत बनाउनु पर्नेमा जोड दिनुभयो ।
लालबहादुर खत्रीको अध्यक्षता, गणेश गौतमको सञ्चालनमा कार्यक्रम भएको थियो । यस्तै राष्ट्रिय जनमोर्चाको सैनामैनाको मुर्गियामा मंगलबार एमसीसीका बिरुद्वका सभा गरेको छ । उक्त सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी नेपालको लागि घातक भएकाले यसका बिरुद्व नेपाली जनतालाई सचेत गराउनु पर्ने बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)