बुुटवल,मंसिर २० ।
रुपन्देहीमा फेशन डिजाईनर प्रतियोगिता सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमा स्थित बोधि भिल्लामा आईतबार भएको क्रिसमस फेसन प्रतिगितामा भैरहवाकी रीमा गुरुङ विजेता भएकी छन ।सुनिता बुटिक बुटवल र एसएस बुटिक भैरहवाको संयुक्त आयोजनामा भएको हाे ।
त्यसैगरि प्रतियोगितामा निरु चौधरी फस्र्ट रनरअप र बुटवलकी आरती गौतम सेकेन्ड रनरअप भएकी छन । क्रिसमसको अवसरमा आफैले डिजाईन र सिलाई गरेको ड्रेस लगाएकाहरुविच प्रतिस्पर्धा गराइएको थियो ।
विजेता र रनरअप भएकाहरुलाई ताज र पुरस्कार प्रदान गरिएको थियो । फेशन डिजाईनमा रुची भएका र सिक्दै गरेकाहरुविच प्रतिस्पर्धा गराएर प्रोत्साहन गर्ने उदेश्यले प्रतियोगिता गरिएको सुनिता बुटिककी सञ्चालक सुनिता घतानेले जानकारी दिईन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)