Logo मंगलवार, श्रावण १२ गते २०८३
images

विष्णु पौडेललाई हराउने राजु गुरुङको दाबी,आफूसँग चुनावमा भिड्ने हिम्मत गर्न आग्रह !

विष्णु पौडेललाई हराउने राजु गुरुङको दाबी,आफूसँग चुनावमा भिड्ने हिम्मत गर्न आग्रह !

  • 8.2K
    SHARES

  • विष्णु पौडेललाई हराउने राजु गुरुङको दाबी,आफूसँग चुनावमा भिड्ने हिम्मत गर्न आग्रह !

    बुटवल, मंसिर १८ ।

    नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टीमा आर्कषण बढ्दै गएको भन्दै कमजोर आकल नगर्न आग्रह गरेका छन । नेकपा एमालेले लुम्बिनी प्रदेशमा पार्टी विभाजनको कुनै असर नपरेको भन्दै दावी गर्दै आएकोमा त्यसको खण्डन गर्दै प्रदेश सचिव समेत रहेका गुरुङले त्यसको पुष्टिका लागि आगामि निर्वाचनसम्म पर्खन आग्रह गरेका हुन ।

    युवा संघ नेपाल रुपन्देहीको जिल्ला भेलालाई शनिबार सम्बोधन गर्दै नेता गुरुङले बुटवलबाट एमालेका उपाध्यक्ष विष्णु पौडेललाई आफूसँग चुनाव जितेर देखाउन चुनौती दिए । रुपन्देही निर्वाचन क्षेत्र न. २ का प्रतिनिधिसभा सदस्य रहेका पौडेललाई अब आउने चुनावमा आफूले हराउने बताउँदै चुनाव जित्न चुनौती पेश गरेका हुन ।

    आउने चुनावमा नेता पौडेलका लागि सहज नभएको बताए । ‘नेकपा एकिकृत समाजवादीलाई कमजोर भनेर अभिव्यक्ति दिएको सुन्छु, त्यसो हो भने म चुनौती दिन चाहन्छु, क.विष्णु पौडेल मसँग चुनाव जितेर देखाउनुस्’ गुरुङले भने ।

    उनले यसअघि पनि पाैडेललाई चुनाैति दिएका थिए । उनले एमालेले कम्यूनिष्ट आचरण र चरित्र छाडिसकेको बताउँदै क्रान्तिकारी एमालेहरु नेकपा (एस) मा आर्कषित भएको बताए । लुम्बिनी प्रदेश सचिव समेत रहेका गुरुङले बुटवलमा आफ्नो पार्टीलाई कमजोर आकलन नगर्न समेत आग्रह गरे । ‘हामी संगठन निर्माणलाई तिव्रता दिएका छौं, गठबन्धन नै नभएपनि हामी चुनावमा जित्छौं’ उनको दावी छ ।

    युवाहरुलाई राजनीतिक चेत दिने बेला बा र आइलभयू भन्न लगाएर दास बनाउन खोजेको उनको टिप्पणी छ । उनले युवाशक्तिले कम्यूनिष्ट आचरण त्याग्न नसक्ने बताउँदै चुनावसम्म लाखौं युवाहरु आफूहरुसँग आउने बताए ।

    भेलामा युवा संघ, नेपालका केन्द्रीय उपमहासचिव सरिता श्रीस, नेकपा एकिकृत समाजवादीका नेता चिनबहादुर गुरुङले बोल्दै युवाहरु वैचारिक र अनुशासित बन्नुपर्नेमा जोड दिए ।

    साे भेलाले कृष्ण थापाको अध्यक्षतामा १५१ सदस्यीय कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा धनसिंह खाम्चा, सचिवमा सारधुल मयूर कसौधन, सह–सचिवमा सोम खाती, कोषाध्यक्ष हिता गुरुङ रहेका छन ।

    याे पनि :-

    युवा संघका नेता राजु गुरूङको चुनौती :‘महासचिव कमरेड बुटवलमा मसंग चुनाव लड्ने हिम्मत छ ?’ [भिडियाे सहित]

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology