वुटवल,पुस १९-
नेकपा प्रचण्ड-नेपाल समुहका नेता तथा युवा संघका पूर्व उपाध्यक्ष राजु गुरूङले संसद पुनस्थापना गरेर देश र संविधान बचाउनुपर्ने बताएका छन् ।प्रधानमन्त्री केपि ओलीले संविधानको पाना च्यातेर प्रतिनिधिसभा विघटन गरेको उनको आरोप छ।
‘२०१७ सालमा राजा महेन्द्रले कु गरेका थिए, त्यो भन्दा खतरनाक रूपमा प्रधानमन्त्री ओलिले २०७७ पुस ५ गते संविधानमाथि कु गरे,तानाशाहि असंबैधानिक तथा अलाेकतान्त्रिक काम गर्ने मान्छेलाइ अब राख्नु हुदैन । ’ उनले भने ।
युवा संघ नेपाल र अनेरास्ववियुद्वारा आज रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशमा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै उनले काम गर्न दिईएन भन्दै प्रधानमन्त्री हिडेकाे भन्दै गलत काम गर्नेहरु अहिले एक ठाँउमा उभिएकाे बताए ।‘सबैलाेभी पापीहरु पदकाे लाेभमा काेहि मन्त्रीमण्डलमा गएका छन्,काेहि केन्द्रिय सदस्यमा गए,काेहि मन्त्री बन्दैछन् रे, याे खुसी हुने बेला हाेइन ।’ उनले सुनाए ।
उनले प्रधानमन्त्रीका कारण कम्यूनिष्ट पार्टि र संविधानलाई ध्वस्त भएको बताए । अब प्रतिनिधिसभा पुनस्थापना नहुदासम्म सडक सघर्ष तताउने र आफूंहरु पार्टीकाे निर्देशन अनुसार आन्दाेलन चर्काउने बताए ।
गुरूङले ओली पक्षका नेता बुटवलबाट चुनाव जितेका नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई अब रुपन्देहीमा आएर आफूसंग चुनाव लडेर जित्न चुनौती दिएका छन् ।
पौडेलले बुटवलबाट चुनाव लडे त्यसको विपक्षमा आफूले प्रतिस्पर्धा गर्ने र जितेर देखाइदिने चेतावनी दिए । ‘हिजो कस्लाइ कस्ले र कसरी चुनाव जितायो सबैलाइ थाहा छ,हामी चुनावमा जान डराएका छैनौँ,हामीलाइ चुनावमा जान डराए भन्ने रु , महासचिव बिष्णु पौडेललाइ ईगिचत गर्दै उनले भने—‘ आउनूस् म संग चुनाव लडेर देखाउनुस्,हिम्मत छ ।’

युवा संघका केन्द्रीय सचिवालय सदस्य सरिता श्रीसले प्रधानमन्त्रीले संविधानमाथि गरेको प्रहारका विरूद्ध सडमा आएको बताईन । उनले कसैलाई प्रधानमन्त्री वा राष्ट्रपति बनाउन सडकमा नआएको बताईन ।
‘के को लागि हो चुनाव,यो चुनावको सुनिश्चितता के छ” उनले प्रश्न गरिन्-” आन्तरिक विवादका कारण संविधानको घाँटी निमोठ्न पाईदैन, हाम्रो भविष्यमाथि खेल्ने अधिकार कसैलाई छैन,चुनाव अब भाेट माग्ने नैतिकता छैन।’उनले संसद पुनस्थापना नै अवको विकल्प भएको बताईन ।
पत्रकार सम्मेलनमा अनेरास्ववियुका केन्द्रीय सदस्य अनुप पोखरेलले ओलीको राजनीति सकिएको टीप्पणी गरे,अबैध मन्त्री र केहि मानिसको लोभको साथले केहि फरक नपर्ने भन्दै अब संसद पुर्नस्थापना भै छाड्ने दाबि गरे ।
कार्यक्रममा युवा संघ रूपन्देहीका अध्यक्ष कृष्ण थापा, युवा नेता माधव बस्नेत,बिष्णु खत्री लगायतले बोल्दै ओली कलंकको पात्र भएको टीप्पणी गरे ।
याे पनि :-
नेकपा (प्रचण्ड–नेपाल) समूहको रुपन्देही अध्यक्षमा राजु गुरुङ सिफारिस
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)