Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गठबन्धनको विजयीयात्रा राष्ट्रियसभाको निर्वाचनबाट शुरु हुन्छ :माधव कुमार नेपाल

गठबन्धनको विजयीयात्रा राष्ट्रियसभाको निर्वाचनबाट शुरु हुन्छ :माधव कुमार नेपाल

  • 1.9K
    SHARES

  • गठबन्धनको विजयीयात्रा राष्ट्रियसभाको निर्वाचनबाट शुरु हुन्छ :माधव कुमार नेपाल

    बुटवल, मंसिर १८ ।

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले अब आउने राष्ट्रियसभाको निर्वाचनबाट केपि ओलीको पत्तासाफको यात्रा शुरु हुने दावी गरेका छन ।

    उनले ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेपछि बनेको पाँच दलीय गठबन्धन चुनावसम्म कायम रहने सहमती भइसकेको बताउँदै राष्ट्रियसभाको निर्वाचनबाट विजयीयात्रा शुरु हुने बताए ।

    नेकपा (एकीकृत समाजवादी) अर्घाखाँचीको कार्यकर्ता भेला एंव प्रशिक्षणलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको विजयीयात्रा माघ-फागुनमा हुने राष्ट्रियसभाको निर्वाचनबाट शुरु हुने बताउँदै यो गठबन्धन स्थानीय, प्रदेश र संघीय निर्वाचनसम्म जाने बताए । ‘संविधान जोगाउने शक्तिहरुको सरकार छ, काँग्रेस, माओवादी, एकिकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासँगै छौं’ अध्यक्ष नेपालले भने ।

    उनले केहि समयअघि राष्ट्रियसभाको निर्वाचनमा रामबहादुर थापासगँ कलम चिन्हका स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाले पराजित गरेको स्मरण गराएउदै कलम चिन्हको विजयी यात्रा शुरु भैसकेको वताए ।

    उनले दुई-दुई पटक संसदको विघटन गरेपछि अहिले वहुमत नेपाली जनताहरु उनको पार्टीको विपक्षमा रहेको बताए । उनले गठबन्धन हुने भएपछि  आगामी निर्वाचनपछि केपी वलीको पार्टीलाई लाईट वालेर खोज्नुपर्ने अवस्था आउन सक्ने बताए । ‘जनमतको अपमान गर्नेलाई निर्वाचनमा जनताले देखाइदिन्छन’ उनले भने । उनले संविधान वचाउने गठवन्धनवाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भ्रष्टाचारको छानबिन गर्न आग्रह गरेका छन् ।

    पार्टी विस्तारै मजबुद हुँदै गएको दाबी गर्दै उनले नेता, कार्यकर्तालाई आफ्नो तह र जिम्मेवारीलाई अवलम्बन गर्न निर्देशन दिए । मूलुकको राजनीतिमा सर्वसत्तावाद प्रवृत्तिले संविधान मिच्ने काम भएको भन्दै उनले निष्ठा र समर्पणको भावना कमजोर तुल्याएपछि विद्रोह गर्न वाध्य भएको वताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology