Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काँग्रेस लुम्बिनी प्रदेश अधिवेशन : मतदान सकियो,१ हजार ६ सय ३१ मत खस्यो

काँग्रेस लुम्बिनी प्रदेश अधिवेशन : मतदान सकियो,१ हजार ६ सय ३१ मत खस्यो

  • 3.5K
    SHARES

  • काँग्रेस लुम्बिनी प्रदेश अधिवेशन : मतदान सकियो,१ हजार ६ सय ३१ मत खस्यो

    बुटवल,मंसिर १८ ।

    नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा मतदान सकिएको छ । नयाँ नेतृत्व चयनका लागि बिहान ११ बजेबाट बेलुका ६ बजेसम्म मतदान भएको हो ।

    गृहमन्त्री बालकृष्ण खाँणले पहिलो मतदान गरेका थिए ।  कुल १ हजार ६ सय ७० मतदाता मध्ये १ हजार ६ सय ३१ मत खसेको हो ।

    भैरहवास्थित महेन्द्र सभागृहमा  मतदान सुरु भएको निर्वाचन समितिका संयोजक डा. बुद्धबहादुर थापाले जानकारी दिए ।लुम्बिनी प्रदेशमा संस्थापन र संस्थापन इतर दुबै समूहले प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका थिए।

    संस्थापन पक्षबाट भरतकुमार शाहको नेतृत्वमा प्यानल र संस्थापनइतरबाट रोल्पाका निवर्तमान जिल्ला सभापति अमरसिंह पुनको नेतृत्वमा प्यानल चुनावी मैदानमा छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology