बुटवल मंसिर १५ ।
लुम्बिनी प्रदेशमा सञ्चालित राष्ट्रिय गौरबका आयोजनाका प्रमुख तथा प्रतिनिधिहरुसँग मुख्यमन्त्री कूलप्रसाद केसीले छलफल सुरु गर्नुभएको छ । मुख्यमन्त्री कार्यालयमा प्रदेशमा सञ्चालित २० वटा आयोजनाका प्रमुखसँग मुख्यमन्त्रीले केसीले आजबाट छलफल सुरु गर्नु भएको हो ।
मुख्यमन्त्री केसीले प्रदेशमा सञ्चालनमा आएका राष्ट्रिय गौरबका आयोजना सम्पन्न गर्नको लागि तीन तहका सरकार बिचमा समन्वय, सहकार्य र सहजिकरणको आवश्यकता रहेकोमा जोड दिनुभयो । उँहाले आयोजना प्रमुखबाट आयोजनाको काम , प्रगतीको बारेमा जानकारी लिनु भएको थियो ।
गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले क्यालिव्रेशन उडान भरेको ३ महिनापछि बिमानस्थल नियमित रुपमा सञ्चालनमा आउने जानकारी दिनुभयो । यस्तै बबई सिचाई आयोजनाका सिनियर डिभिजन ईन्जिनियर रामकृष्ण घोरासैनीले अहिलेसम्म आयोजनाको काम ५० प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो ।
३६ हजार हेक्टर कृषि योग्य भूमिको सिचाईको योजना सहित २०४५ सालमा सुरु भएको योजनाको काम अहिले चलिरहेको र अहिले २३ हजार हेक्टर क्षेत्रफलमा सिचाई भईरहेको जानकारी दिनुभयो ।
यस्तै कार्यक्रममा सिक्टा सिंचाई आयोजना , नेपाल टेलिकम प्रादेशिक कार्यालय , नेपाल विद्युत प्राधिकरण , जनताको तटबन्धन कार्यक्रम बुटवल , शहिद मार्ग सडक आयोजना प्रगन्ना बड्कापथ सिंचाई ब्यवस्थापन , बृहत दाङ उपत्यका सिचाइ आयोजनाको कार्यप्रगतिको बारेमा छलफल भएको थियो । छलफल कार्यक्रम भोलीसम्म चल्ने मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)