Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राप्रपाको एकता महाधिवेशन आजदेखि काठमाडौंमा

राप्रपाको एकता महाधिवेशन आजदेखि काठमाडौंमा

  • 1.9K
    SHARES

  • राप्रपाको एकता महाधिवेशन आजदेखि काठमाडौंमा

    बुटवल,मंसिर १५ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) को महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । कमल थापा, पशुपति शम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाको एकीकरण पछि हुन लागेको यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको छ ।

    यो महाधिवेशनबाट राप्रपाको नयाँ नेतृत्व चयन हुनेछ ।१७ गतेसम्म चल्ने महाधिवेशनबाट झण्डै चार हजार प्रतिनिधिहरूले १४७ सदस्यीय कार्य समिति चयन गर्ने राप्रपाले जनाएको छ ।

    कुल १९९ सदस्य कार्य समितिमा ७५ प्रतिशत अर्थात अध्यक्षसहित १४७ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने बाँकी २५ प्रतिशत अर्थात् ५२ जना निर्वाचित कार्य समितिले मनोनित गर्ने राप्रपाको विधानमा व्यवस्था छ ।raprapa.jpeg

    यस पटक राप्रपामा नेतृत्व परिवर्तनको आवाज चर्किएको छ । अध्यक्षका लागि नेता राजेन्द्रप्रसाद लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् । वर्तमान अध्यक्ष अध्यक्षका स्वभाविक दावेदार छन् ।

    नेपालगञ्जका मेयरसमेत रहेका डाक्टर धवलशम्शेर जबराको समर्थनमा उम्मेदवारी घोषणा गरेका लिङ्देनलाई पार्टीका एक जना अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले पनि समर्थन गरेका छन् ।यसबाहेक उनलाई युवा नेताहरूले पनि साथ दिएका छन् ।

    अध्यक्ष थापालाई भने नेताहरू दीपक बोहोरा, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्द, रोशन कार्की, उद्धव पौडेललगायतको साथ रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology