Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

सञ्चारिका समूह रुपन्देहीको अध्यक्षमा निरा गौतम चयन,महासचिवमा पाण्डेय

सञ्चारिका समूह रुपन्देहीको अध्यक्षमा निरा गौतम चयन,महासचिवमा पाण्डेय

  • 3.1K
    SHARES

  • सञ्चारिका समूह रुपन्देहीको अध्यक्षमा निरा गौतम चयन,महासचिवमा पाण्डेय

    बुटवल,मंसिर १४ ।

    सञ्चारिका समूह रुपन्देहीको अध्यक्षमा निरु गौतम (निरा) चयन भएकी छन् । उनी दाेस्राे कार्यकालका लागि अध्यक्ष बनेकी हुन् ।

    आज रूपन्देहीको तिलोत्तमामा सम्पन्न छैठाैँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले उनलाई ३ वर्षे कार्यकालका लागि अध्यक्ष चुने हो ।

    समूहको उपाध्यक्षमा मिना भट्टराई, महासचिवमा मिना पाण्डे (अस्मिना), सचिवमा पुजा पन्थी तथा कोषाध्यक्षमा कल्पना डुम्रे सर्बसहमतिमा चयन भएका छन् ।

    कार्यसमितिको सदस्यहरुमा सुशीला पोखरेल, प्रतिमा गौतम, मनु गुरुङ, तिर्सना सेञ्चुरी, सारदा शाही, विष्णु खत्री र सुमित्रा चापागाईं रहेका छन् । थप एक जना सदस्य समूहको पहिलो बैठकले मनोनित गर्ने सचिव पन्थीले जानकारी नागरिक अनलाइनलाइ जानकारी दिइन् ।

    नवनिर्वाचिन समितिलाई सञ्चारिका समूह लुम्बिनीकी अध्यक्ष तथा निर्वाचन समिति संयोजक पार्वती पाण्डेले पद तथा गोपनियताको सपथ गराइन् ।

    अध्यक्ष चुनिएकी गौतमले सञ्चारिका समूहका लागि कम्तिमा ५ लाख बराबरको अक्षकोष स्थापना गर्ने तथा सञ्चारिकाहरुका लागि लेखनवृत्ति सञ्चालन गर्ने जानकारी दिइन् ।

    लुम्बिनीको संचार विधेयक संचारमैत्री बन्छ : मन्त्री तिलकराम शर्मा

    यसअघि भएका उद्घाटन सत्रमा बाेल्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेशको संचार विधेयक संचारमैत्री बन्ने बताए ।  मन्त्री शर्माले भने संचार विधेयक संचारमैत्री बन्ने बताउँदै प्रतिवद्धता समेत जनाए ।

    सञ्चार जगत सबैको आँखा भएकाले विधेयक सबैले प्रशंसा गर्ने गरी निर्माण हुने कुरामा सबै सञ्चारकर्मीहरु ढुक्क हुनका लागि समेत मन्त्री शर्माले आग्रह गरे ।

     नेपाल पत्रकार महासंघ लुम्बनीका महासचिव बिक्रम खड्काले प्रदेश सभामा प्रस्तुत विधेयक फिर्ता हुनु पर्ने बताए ।

    पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले सञ्चारिका समूहले महिला पत्रकारहरुलाई संगठित गरेको भन्दै उनीहरुको क्षमता बिकासमा समेत भूमिका खेल्न आग्रह गरे ।

    पेसालाई मर्यादित बनाउँदै नयाँ पुस्तालाई आकर्षित गर्ने काममा महासंघको सधै साथ रहने उल्लेख गरे । सञ्चारिका समूहकी लुम्बिनी प्रदेश अध्यक्ष पार्वती पाण्डेले महिला पत्रकारहरुको क्षमता विकासका क्रियाकलापहरु सञ्चालन गर्दै आएको बताइन् ।

    अधिवेशनको अवसरमा समूहले सञ्चारिका समूह लुम्बिनी प्रदेशकी महासचिव अमृता अनमोललाई सम्मान गर्ने घोषणा गरेको छ । 

    साे कार्यक्रमको संचालन महासचिव अस्मीना पाण्डेय रधन्यबाद ज्ञापन उपाध्यक्ष मिना ढकालले गरेकी थिइन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology