Logo बिहिवार, आश्विन १ गते २०८३
images

लोकतन्त्रको लागि चुनाव आवश्यक,देशभर चुनावको माहोल बढ्यो : प्रचण्ड

लोकतन्त्रको लागि चुनाव आवश्यक,देशभर चुनावको माहोल बढ्यो : प्रचण्ड

  • 1.9K
    SHARES

  • लोकतन्त्रको लागि चुनाव आवश्यक,देशभर चुनावको माहोल बढ्यो : प्रचण्ड

    बुटवल,मंसिर १४ ।

    नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरुले अहिले आयोजना गरेको सम्मेलन र महाधिवेशन आउने  निर्वाचनको तयारी जस्तो देखिएको बताउनुभएको छ ।

    नेकपा माओबादी केन्द्रका केन्द्रीय प्रतिनिधि स्व. रामप्रसाद बञ्जाडे ( टकमणी) को आज बुटवलमा पार्टीले आयोजना गरेको श्रदाञ्जली सभालाई सम्बोधन गर्दै उँहाले देशमा चुनावको माहोल बन्दै गएको बताउनुभयो ।

    उँहाले देशमा चुनावको माहोल बन्दै गएको र लोकतन्त्रको लागि चुनाव आवश्यकता रहेकोमा जोड दिनुभयो । चुनाव स्वच्छ ,निष्पक्ष, धाँधली रहित तरिकाले सञ्चालन हुनुपर्नेमा प्रचण्डले जोड दिनुभयो । उँहाले राजनीतिक दलहरुको आपसी समझारी र सहकार्य सहित देशमा राजनीतिक स्थायित्व  बनाउँदै देशलाई समृद्धि तर्फ लैजान सहमति आवश्यकता रहेकोमा जोड दिनुभयो ।

    संविधान निर्माण गर्दा समाजबाद उन्मुख राज्य परिकल्पना गरेको अध्यक्ष प्रचण्डले बताउँदैे समावेशी समानुपाती मान्यतालाई साँचो अर्थमा लागु गर्नको लागि सबैले मेहनत गर्न आवश्यकता रहेको बताउनु भयो ।

    यस्तै कार्यक्रममा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका ईन्चार्ज चक्रपाणी खनाल बलदेव , लुम्बिनी प्रदेशसभाका सभामूख पूर्ण बहादुर घर्ती ,नेपाली कांग्रेसका जिल्ला सदस्य हरिलाल अर्याल  लगायले शोकसभामा बोलेका थिए । बञ्जाडेको मंसिर ७ गते दाङमा आयोजना भएको पार्टीको कार्यक्रम समापन गरेर घर फर्किने क्रममा सवारी दुर्घटना परि निधन भएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology