Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमाले उपाध्यक्षमा घनश्याम भुसाल पराजित

एमाले उपाध्यक्षमा घनश्याम भुसाल पराजित

  • 2.3K
    SHARES

  • एमाले उपाध्यक्षमा घनश्याम भुसाल पराजित

    बुटवल,मंसिर १४ ।

    नेकपा एमालेको दसौं महाधिवेशनबाट उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन्।  मंगलबार दिउँसो सार्वजनिक भएको मतपरिणाममा भुसालले अरू ६ जना उम्मेदवारभन्दा कम मत पाएका हुन्।

    उपाध्यक्षमा सबैभन्दा धेरै अष्टलक्ष्मी शाक्यले मत पाएकी छन् भने दोस्रोमा सुरेन्द्र पाण्डेले रहेका छन्। 

    शाक्यले १९७६ मत ल्याएकी छन् भने पाण्डेले १९२५ मत ल्याएका छन्। विष्णु पौडेलले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र बादलले १७६८ मत पाएका छन्।  भुसालले ७२५ मत पाएका छन्।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology