बुटवल,मंसिर १३ ।
साहसी कदम नेपालले रुपन्देहीका डेढ दर्जन ब्याक्तिहरुलाई सम्मान गरेको छ । नेशनल टिबी नेटवर्क नेपालको सहयोगमा तिलोत्तमाको वनबाटीकामा बनभोज तथा सम्मान कार्यक्रम गरी तेस्रो लिङ्गी तथा समलिङ्गीको क्षेत्रमा कमल चलाउने पाँच पत्रकारसहित विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरेको हो।
कार्यक्रममा नागरिक अनलाइनका सम्पादक कपिल ज्ञवाली, पत्रकार महासंघ रुपन्देहीकी पूर्व उपाध्यक्ष निरा गौतम, पत्रकारद्धय भविन्द्र देवकोटा, रिमा बिसी, एनबी कंडेल, नमुना एकिकृत विकास परिषदका अध्यक्ष ज्ञानु पौडेल, एएचएफ बुटवलका कार्यक्रम संयोजक धर्मराज भाई रामग्राम महिला जेसिजका अध्यक्ष पुष्पा लामा, साधना कला केन्द्रका संचालक अनु रजक, अधिवक्ता हेमा न्यौपाने, यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका अभिभावक रेखा थापा, साहसी कदमका उपाध्यक्ष अस्मिना राना, कोषाध्यक्ष अवन्तिका घर्तिमगर, मनोज भुषाल, तेस्रोलिङ्गी विनीता शाही दिया सारु, कल्पना गुरु लगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको साहसी कदमका महासचिव रेशम न्यौपानेले जानकारी दिए ।
साहसी कदमका अध्यक्ष आनिक राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा निल हिरा समाजका केन्द्रीय अध्यक्ष शितल पिङकी गुरुङले विभिन्न माध्यमबाट यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई सहयोग गर्ने झण्डै दुई दर्जन सहयोगीहरुलाई दोसल्ला ओढाएर सम्मान गरेकी हुन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)