Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेस१४ औं महाधिवेशन : प्रदेश अधिवेशनको कार्यतालिका हेरफेर

कांग्रेस१४ औं महाधिवेशन : प्रदेश अधिवेशनको कार्यतालिका हेरफेर

  • 2.2K
    SHARES

  • कांग्रेस१४ औं महाधिवेशन  : प्रदेश अधिवेशनको कार्यतालिका हेरफेर

    बुटवल,मंसिर १३ ।

    नेपाली कांग्रेसको प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम हेरफेर गरिएको छ । १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशनमा मंसिर १५ गते मनोनयन दर्ताको कार्यक्रम रहेकामा त्यसलाई मंसिर १७ गतेका लागि सारिएको छ । मंसिर १६ गते प्रदेश अधिवेशन उद्घाटन हुने र त्यसको भोलिपल्ट मात्र मनोनयन दर्ताको कार्यक्रम रहेको निर्वाचन समितिका एक सदस्यले जानकारी दिए ।

    केन्द्रीय महाधिवेशन पनि उम्मेदवारी मनोनयन दर्ता महाधिवेशनको उद्घाटन कार्यक्रमपछि अर्थात मंसिर २५ गते हुनेछ । यसअघि निर्वाचन समितिले उद्घाटनअघि नै मंसिर २१ गते नै मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको थियो ।

    सोमबार बिहान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशन कार्यतालिकाको विषयमा निर्वाचन समितिका पदाधिकारीहरुसँग छलफल गरेका थिए । छलफलमा नेताहरुले महाधिवेशन उद्घाटन हुनुअघि नै मनोनयन दर्ता गर्नु व्यवहारिक नभएको भन्दै संशोधन गर्न आग्रह गरेका थिए ।

    कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology