Logo बुधवार, श्रावण १३ गते २०८३
images

एमाले अध्यक्षमा केपी शर्मा ओलीले गराए उम्मेदवारी दर्ता, पौडेल प्रस्तावक ,पोखरेल समर्थक !

एमाले अध्यक्षमा केपी शर्मा ओलीले गराए उम्मेदवारी दर्ता, पौडेल प्रस्तावक ,पोखरेल समर्थक !

  • 2.0K
    SHARES

  • एमाले अध्यक्षमा केपी शर्मा ओलीले गराए उम्मेदवारी दर्ता, पौडेल प्रस्तावक ,पोखरेल समर्थक  !

    बुटवल,म‌सिर १३ ।

     नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

    चितवनमा जारी महाधिवेशनमा अध्यक्ष पदमा भीम रावलले उम्मेदवारी दर्ता गराएपछि ओलीले पनि उम्मेदवारी दिएका हुन् । ओलीलाई विष्णु पौडेलले प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् ।

    नवौं महाधिवेशनबाट अध्यक्षमा ओली र रावल उपाध्यक्षमा निर्वाचित भएका थिए । यसपटक सर्वसम्मत अध्यक्ष बन्ने ओलीको तयारी थियो । तर रावलले अध्यक्षमा दाबी नछाडेपछि निर्वाचनमै जानु परेको हो ।

    ओलीले आइतबार राति बन्दसत्रमा १९ सदस्यीय पदाधिकारी प्रस्ताव गरेका थिए । पहिल्यै अध्यक्षमा दाबी प्रस्तुत गरेका रावलको नाम त्यो सूचीमा थिएन ।

    प्रस्तावित पदाधिकारीको सूचीमा नपरेका घनश्याम भूषालले उपाध्यक्षमा र भीम आचार्यले सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । ओलीको प्रस्तावित सूचीमा असन्तुष्ट भएकाहरुले उम्मेदवारी दर्ता गराएपछि निर्वाचनमै जानुपर्ने भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology