Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

केमिकल एण्ड मेडीकल सप्लायर्स  एसोसियसन अफ नेपाल लुम्बिनीको अध्यक्षमा बाबुराम भण्डारी

केमिकल एण्ड मेडीकल सप्लायर्स  एसोसियसन अफ नेपाल लुम्बिनीको अध्यक्षमा बाबुराम भण्डारी

  • 2.5K
    SHARES

  • केमिकल एण्ड मेडीकल सप्लायर्स  एसोसियसन अफ नेपाल लुम्बिनीको अध्यक्षमा बाबुराम भण्डारी

    बुटवल,मंसिर ११ । 

    केमिकल एण्ड मेडीकल सप्लायर्स  एसोसियसन अफ नेपाल लुम्बिनी शाखाको चौथो बार्षिक साधारणसभा तथा प्रथम रुपन्देही अधिबेशन तिलोत्तमामा  सम्पन्न भएको छ  ।

    कार्यक्रम बोल्दै नेपाल केमिकल एण्ड मेडीकल सप्लायसका केन्दीय अध्यक्ष सुरेस घिमीरेले ब्यवसाय नितान्त मानव जिबनको संरक्षण वा स्वास्थ्य उपचारसँग सरोकार रहेको भन्दै  सरकारले अति आवश्यक सामान सजीकलमा समेत भन्सार कर लगाएर  जनतालाई  आर्थीक भार पारीरहेको  बताउनुभएको छ ।

     कार्यक्रममा उद्योण वाणिज्य संघ बुटवलका  अध्यक्ष उज्जल कसजुले बिरामीका लागी सर्जिकल तथा केमीकल अती आवस्यक बस्तु भएको भन्दै यसको ब्यबसायी क्षेत्र मर्यादित र सेवामुखी हुनुपर्ने बताउनुभयो ।

    उपकरण बिना बिरामीको उपचार सम्भब नभएकाले राज्यले यो ब्यबसाय गर्ने ब्यापारीलाई सहुलिएत दिनु जरुरी रहेको उँहाको भनाई छ ।

    अफिम लुम्बिनी प्रदेशका महासचिब मुक्ती पौडेलले पछील्लो समय अस्पतालहरु सेवा भन्दा नाफा मुखी हुदै गएको बताउनुभयो ।  रुपन्देहीको प्रथम अधिबेसनबाट ९ सदस्यीय कार्यसमिती निर्वाचित गरेको छ  ।

    जसमा अध्यक्षमा  बाबुराम भन्डारी , प्रथम उपाध्यक्षमा  दिपक भटराई, उपाध्यक्षमा  दिपक खनाल महासचिबमा , ऋषि राम अर्याल , सचिबमा  सुरज खत्री , कोषाध्यक्षमा  किसन प्रसाद पान्डे चयन भएका छन  ।

    यस्तै  सदस्यमा तेजेन्द्र सापकोटा,  बिरेन्द्र श्रेष्ठ,  यदुमणी पोखेल, चयन भएको  निर्वाचन सँयोजक बिजय खनालले  जानकारी  िदनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology