बुटवल,मंसिर ११ ।
कास्कीमा नेपाली कांग्रेस सभापतिको लागि दोस्रो चरणको मतदान हुने भएको छ।
सभापतिका उम्मेदवार सुदिप मोहन भट्टराई र किशोर दत्त बरालबीच दोस्रो चरणको प्रतिस्पर्धा हुने भएको हो। शुक्रबार भएको मतदानबाट कुनैपनि उम्मेदवारले ५१ प्रतिशत मत नकटाएकाले शीर्ष स्थानको मत प्राप्त गरेका भट्टराई र बरालबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको हो।
शुक्रबार भएको जिल्ला अधिवेशनमा सभापतिका लागि पाँच जनाले उम्मेदवारी दिएका थिए। भट्टराई र बरालसहित आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरीराज गौतमले उम्मेदवारी दिएका थिए।
सभापतिका उम्मेदवार बरालले सबैभन्दा बढी मत प्राप्त गरेका थिए। उनले ६४४ मत ल्याए भने दोस्रो स्थानमा रहेका भट्टराईले ४७२ मत प्राप्त गरे। शनिबार विहान १० बजेदेखि पुन: मतदान हुने निर्वाचन समितिले जनाएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)