Logo बिहिवार, आश्विन १ गते २०८३
images

चुनावको तयारीमा छौँ, एमालेको एकल बहुमत आउँछ :अध्यक्ष केपी ओली (फाेटाेफिचर)

चुनावको तयारीमा छौँ, एमालेको एकल बहुमत आउँछ :अध्यक्ष केपी ओली (फाेटाेफिचर)

  • 1.9K
    SHARES

  • चुनावको तयारीमा छौँ, एमालेको एकल बहुमत आउँछ :अध्यक्ष केपी ओली (फाेटाेफिचर)

    बुटवल,मंसिर १० ।

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले अब आफूहरू चुनावको तयारीमा लागेको बताएका छन्। दशौँ महाधिवेशनको चितवनमा उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताबीच जाने वातावरणलाई रोकेर परमादेश ल्याइएको बताए।

    ‘अब निकट दिनमै चुनाव आउँदै छ। अब हामी चुनावको तयारीतर्फ जाँदै छौँ। जनमतबाट एकल बहुमत ल्याउनुपर्नेछ। देशको सार्वभौमसत्ताको रक्षाका लागि एमालेले एकल बहुमत ल्याउनुपर्नेछ,’ उनले भने।

    लोकतन्त्रको रक्षा र संविधानलाई संस्थागत गर्न, दिगो विकास लक्ष्य हासिल गर्न पनि एमालेले बहुमत ल्याउनैपर्ने उनले बताए।  मञ्चमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवातर्फ इंगित गर्दै उनले अबको सरकार एमालेको बताएको बताए। 

    आफूलाई काम गर्न नदिनेहरूले अहिले देउवाको खुट्टा समातेको बताउँदै भने, ‘तपाईंलाई पनि काम गर्न अप्ठ्यारो छ कि !’uml a.jpguml convention.jpguml.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology