बुटवल,मंसिर ७ ।
विवेकशील बचत तथा ऋण सहकारी संस्था बुटवल-१३ को १४औं साधारणसभा तथा पाँचौ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
पुर्ण बहादुर कार्कीको अध्यक्षमा ११ सदस्यीय समितिको उपाध्यक्षमा मधुकला कुवर, सचिबमा भरत गौतम, कोषाध्यक्षमा टंक पराजुली चयन भएका छन् । सदस्यहरुमा राम बहादुर क्षेत्री, नेत्रप्रसाद खनाल, मन्जु बस्नेत क्षेत्री, बिमला न्यौपाने गैरे,शान्ता घिमिरे पोत प्रसाद पोख्रेल र विवेक कार्की छन् ।
लेखा सुपरिवेक्षण समितिमा जयप्रसाद भट्टराईको संयोजकत्वमा ३ सदस्यीय समिति सर्वसम्मत भएको छ । सदस्यमा बाबुराम बेल्बासे र राम सुनार रहेको निर्वाचन अधिकृत कृष्ण बहादुर कुवँरले नागरिक अनलाइनलाइ बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)